आयल निगम फेरि घाटामा, ग्यासको मूल्य पनि बढ्ने

१ भाद्र २०६९, शुक्रबार ०७:५१ मा प्रकाशित

काठमाडौं, १ भदौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि आयल निगमको घाटा ४१ करोड नाघेको बताइएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ। बिहीबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल १ सय १६ डलर कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने अवस्था छैन। आइओसीले अगस्ट १६मा पठाएको मूल्यअनुसार निगमको घाटा २४ करोड थपिएर ४१ करोड पुगेको हो। अगस्ट १ को मूल्यमा निगमलाई १६ करोड ४७ लाख घाटा थियो। नयां मूल्यअनुसार डिजेलको घाटा बढेर एक लिटरमा ८ रुपैयाँ १३ पैसा पुगेको छ। यसअघि निगमलाई एक लिटरमा ५ रुपैयाँ १४ पैसा घाटा थियो। नयाँ मूल्यमा निगमलाई पेट्रोलमा भएको नाफा खुम्चिएर एक लिटरमा ३ रुपैयाँ ३६ पैसामा कायम भएको छ। यसअघि निगमलाई पेट्रोलमा ७ रुपैयाँ ३९ पैसा नाफा थियो।
आइओसीले पठाएको नयां मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल प्रतिब्यारल १ सय ६ अमेरिकी डलर हाराहारीको भएको जानकारी दिंदै
नयाँ मूल्यले निगमलाई थप समस्यामा पारेको निगमका निर्देशक सुशील भट्टराईले बताए । उनका अनुसार सेप्टेम्बरमा आउने मूल्यले निगमलाई अझ संकटमा पार्नेछ। भट्टराईका अनुसार अगस्टमा खाना पकाउने ग्यासको मूल्य बढ्ने भएकाले घाटा अझ बढ्नेछ। ुअन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढिसकेको छ। सेप्टेम्बरको मूल्य आउँदा निगमको घाटा अझै बढेर आधा अर्ब नाघ्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको अवधिमा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८

काठमाडौँ । कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट

कर्णाली । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु. ४८ लाख राजस्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक

आजको प्रमुख समाचार