कोठामा गोलीगट्ठा लुकाउने सैनिक पक्राउ

१ भाद्र २०६९, शुक्रबार ०७:१२ मा प्रकाशित

काठमाडौं, १ भदौ । काठमाडौं महानगरपालिका–१० इन्द्रेणी कम्प्लेक्स अगाडि एसएलआरको गोली १८ थान र खुकुरी १ थान समेत ज्ञानराज कटुवाल नामक व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ । प्रहरीको नियमित चेकजांचका क्रममा कटुवालको झोलामा त्यस्ता अवान्छित सामग्री फेला परेपछि निजसंगको सोधपुछकै आधारमा अन्य ५ जनालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अभियुक्त कटुवालले दिएको बयानका आधारमा कोटेश्वर बस्ने ३१ वर्षीय बिश्वप्रसाद भुजेलको कोठा खानतलासी गर्दा एसएलआरको गोली २९ थान फेला परेपछि कटुवाल र भुजेलसमेतका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भुजेल ११ नम्बर बाहिनीमा कार्यरत रहेको व्यक्ति भएकोसमेत प्रहरीले खुलासा गरेको छ ।
यसैबीच, जोरपाटी–१ नारायणटारका ४८ वर्षीय बिजुलीप्रसाद लामिछानेको खोलाले बगाएर मृत्यु भएको छ । लामिछाने मोटरसाइकलमा सवार भई नाङ्गलेभारेबाट सांखुतर्फ आउने क्रममा लप्सीफेदी–२ स्थित फेदीखोला तर्ने क्रममा मोटरसाइकलसमेत खोलाले बगाई घाइते भएपछि तत्काल शुष्मा मेमोरियल अस्पताल सांखु तथा थप उपचारको लागि शंकरापुर अस्पताल जोरपाटी पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको

आजको प्रमुख समाचार