
काठमाडौं, १ भदौ । कुशे औंशीका दिन आज शुक्रबार हिन्दु धर्मावलम्वी वर्षभर देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउंदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राम्हणद्वारा पूजा गरी छेदन गरेर यजमानकहां पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दुहरु कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान बिष्णुको प्रतीक मान्दछन् ।
गोकर्णे औंशीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाई आदर–सम्मान गर्दछन् । बाबु नहुनेहरु विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्दछन् । आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावती, नुवाकोटको देवीघाट, तनहुंको देवघाटलगायतका तीर्थस्थानमा दिवंगत बाबुको नाममा तर्पण तथा सिदा दान गर्नेको घुईंचो लाग्ने गर्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल
काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज
बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या