काठमाडौंमा भदौ १ देखि विशेष सुरक्षा व्यवस्थासहित रात्री बस सञ्चालन हुने

३२ श्रावण २०६९, बिहीबार २२:२६ मा प्रकाशित

काठमाडौं, ३२ साउन । केही महिनादेखि चर्चामा रहेको रात्री बससेवा काठमाडौमा भदौ १ गतेदेखि सञ्चालनमा आउने भएको छ । भोलिबाट राति ८ बजेदेखि ११ बजेसम्म चक्रपथ परिक्रमा गर्ने चार र भित्री सहरका अन्य पाँच रुटमा गरी १४ वटा बस चल्ने जानकारी काठमाडौँ महानगरपालिकाले दिएको छ।
काठमाडौं महानगरपालिकाले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार प्रत्येक गाडीमा हतियार र सञ्चार सेटसहितका दुई जना सुरक्षाकर्मी र सीसीटीभी समेत जडान हुनेछन् । महानगरपालिकाले यातायात व्यवसायीहरुलाई ४५ लाख रुपियाँ अनुदान दिएपछि उनीहरु राति तीन घण्टा गाडी चलाउन तयार भएका हुन्। यसरी छ महिनादेखिको प्रयासपछि बल्ल रात्रि बस सञ्चालन हुन लागेको हो।
रात्रि बसको सुरक्षाका लागि विशेष सुरक्षा रणनीति अपनाइएको भन्दै प्रत्येक बसमा दुई जना हतियारसहितका सुरक्षाकर्मीका अतिरिक्त प्रत्येक बस बिसौनीहरुमा पनि स्थानीय प्रहरी परिचालन गरिने भएकोले निर्धक्क भई गाडी चढ्न आग्रह गरिएको छ। रत्नपार्कबाट भोलि साँझ ७ बजे उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बस सेवाको उद्‍घाटन गर्नेछन्।

कहाँकहाँबाट चल्छ रात्रि बस ?
१। चक्रपथ परिक्रमा ४ वटा बस
क० कलंकीबाट नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, सातदोबाटो हुँदै कलंकीसम्म
ख० कलंकीबाट सातदोबाटो, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क हुँदै कलंकीसम्म
ग० कोटेश्वरबाट चाबहिल, नयाँ बसपार्क, कलंकी, सातदोबाटो हुँदै कोटेश्वरसम्म
घ० कोटेश्वरबाट सातदोबाटो, कलंकी, नयाँ बसपार्क, चाबहिल हुँदै कोटेश्वरसम्म

२। भित्री सहरी रुट ९वीर अस्पताल अगाडिबाट०
क० रत्नपार्क ९वीर अस्पताल अगाडि० बाट शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन, कलंकी आवत जावत( २ वटा बस
ख० रत्नपार्क ९वीर अस्पताल अगाडि० बाट जमल, केशरमहल, लाजिम्पाट, महाराजगञ्ज हुँदै गंगालाल ह्रदय केन्द्र आवतजावत(२ वटा बस
ग० रत्नपार्क ९वीर अस्पताल अगाडि० बाट भृकुटीमण्डप, कृष्ण पाउरोटी, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, गौशाला, चाबहिल हुँदै जोरपाटी आवत जावत( २ वटा बस
घ० रत्नपार्क ९वीर अस्पताल अगाडि० बाट सिंहदरबार, बबरमहल, तीनकुने, सिनामंगल भई तीनकुने हुँदै कोटेश्वर आवतजावत( २ वटा बस
ङ० रत्नपार्क ९वीर अस्पताल अगाडि० बाट सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, पाटन अस्पताल हुँदै सातदोबाटो रुटमा आवतजावत २ वटा बस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको