छोरीलाई आमाको आशीर्वाद

२ चैत्र २०६८, बिहीबार ०८:३५ मा प्रकाशित

बिष्णु गुरुङ “एकता”

मेरी प्यारी छोरी तिमी जुनी जुनी बाँच यो संस्कारको अन्याय सहेर होईन बिरोध गरेर बाँच !
हजारौ आवाज दिएर बाँच परम्पराको यो भेदभावलाई निरन्तरता दिन होईन तोड्नलाई बाँच !!

हजुर आमाले सहेरै गईन खुट्टा ढोगेरै बाचीन त्यहिँ नै आफ्नो परम् धर्म र कर्तब्य ठानीन !
छोरीको हारेको कर्म पतिब्रत नै नारीको परमधर्म यही नै आशिर्बाद मलाई पनि दिईन !!

आमाको अशीर्बाद्लाई भगवानको आशीर्वाद ठानी पालना गर्नु आफ्नो कर्तब्य ठाने !
त्यहिँ कर्तब्य निभाउन आफ्नो जीवन, स्वत्रन्ता र अस्तित्वलाई पनि बलिदान गरे !!

के पाईंन त ती हजुरआमाले अनि मैले पनि कर्तव्यको बदलामा आखिर !
पायौ सिर्फ डर र त्रास भित्र लुकेको भावना र आँसु अनि कमजोर बिचार र शरीर !!

त्यसैले मेरी प्यारी छोरी म दिन चाहान्न जुन मैले पाए त्यो आशीर्वाद तिमीलाई !
जुनिभर बाँच तिमी लाखौ आवाज निकाल्न सक यो संस्कार र समाज बदल्नलाई
यही नै आमाको आशीर्वाद तिमीलाई, यही नै आमाको आशीर्वाद तिमीलाई !!

प्रतिक्रिया
सम्बन्धित खवर

श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय

मानिसको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म

बाङ्लादेशको एउटा गाईफर्ममा निकै सानो गाईको बाछी हेर्न आगन्तुकहरुको भीड लागेको छ । २३ महिनाको सो गाईको बाछीको उचाई केवल

धादिङ । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ