असान्जका कारण बेलायत र इक्वेडरबीच तनाव

३२ श्रावण २०६९, बिहीबार २२:०८ मा प्रकाशित

लन्डन, ३२ साउन । अमेरिकी कूटनीतिक दस्तावेजहरु सार्वजनिक गरेर विशेष चर्चा बटुल्न सफल विकिलिक्सका संस्थापक जुलियन असान्जलाई इक्वेडर सरकारले शरण दिने औपचारिक निर्णय गरेको छ। इक्वेडरका विदेश मन्त्री रिकार्डो पाटिनोले उनलाई शरण दिने घोषणा गरेका हुन्। असान्जलाई सुरक्षित रुपमा बेलायतबाट निस्कन बेलायत सरकारले सघाउने अपेक्षा समेत इक्वेडरले गरेको छ । तर, बेलायतले भने आफ्नो राजधानीस्थित इक्वेडरको दूतावासमा रहेका असान्जलाई सुरक्षित रुपमा देशबाहिर जान नदिने बताएको छ। यस्त स्वीडेनले पनि इक्वेडरका राजदूतलाई बोलाई शरण दिने निर्णय ुअस्वीकार्यु हुने बताएको छ। यौन दुर्व्यवहारको आरोपमा स्वीडेनमा असान्जविरुद्ध मुद्दा चलिरहेको छ।
बेलायतले आवश्यक परे इक्वेडरको दूतावासभित्र प्रवेश गर्ने चेतावनी दिएको र इक्वेडरले प्रत्युत्तरमा आफ्नो देश बेलायतको उपनिवेश नरहेको बताएपछि दुई देशबीच कुटनीतिक तनाव बढेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो