राष्ट्रपति र सत्तारुढ गठवन्धनबीच भेटवार्ता, गठबन्धनप्रति शंका नगर्न दाहालको आग्रह

३२ श्रावण २०६९, बिहीबार २१:३१ मा प्रकाशित

काठमाडौं, ३२ साउन । ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको उद्देश्यबारे बिहिबार साँझ गठबन्धनका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराएका छन्  ।
भेटमा मोर्चा गठन कसरी र किन गरियो भन्नेबारे राष्ट्रपतिलाई एमाओवादीका अध्यक्ष समेत रहेको मोर्चाका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिएका हुन्  ।
राष्ट्रपति संगको भेटमा दाहालले राष्ट्रपतिलाई मोर्चा गठबन्धनप्रति शंका नगर्न आग्रह गरेका थिए । बाहिर जे जस्ता टिपप्णीहरु आए पनि राजनीतिक सहमतिका लागि गठबन्धन बनेको स्पष्ट जानकारी गरायौ’ भेटमा सहभागी तमलोपा अध्यक्ष महेन्द्रप्रसाद यादवले भने, यसको उद्देश्य संविधानसभा निर्वाचन वा संविधान पुनःस्थापनाका लागि सहमति जुटाउनु हो ।’
गठबन्धनका संयोजक दाहालले राजनीतिक सहमतिमा जोड दिंदै त्यसको प्रयास गर्न गठबन्धन बनाएको बताएका थिए । उनले गठबन्धनप्रति शंका गर्न नहुने भन्दै सकरात्मक रुपमा लिनुपर्ने बताएका थिए । भेटपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा दाहालले देशको वर्तमान राजनीतिक तथा समसामयिक विषयमा राष्ट्रपति समक्ष गठबन्धनको दृष्टिकोण राखेको उल्लेख छ ।
प्रधानमन्त्री बाबुराम भट्टराई समेत उपस्थिति भेटमा राष्ट्रपतिले राजनीतिक सहमति छिटो निकाल्न आग्रह गरेका थिए । ‘सहमतिका लागि ढिला भइसकेको छु राष्ट्रपतिको भनाइ थियो, दलहरुले सहमति छिटो निकास निकाल्नुपर्छ ।’
राजनीतिक गतिरोधको समाधानका लागि भन्दै विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने बीस राजनीतिक दलहरुको मोर्चा गठन भएको हो । राजनीतिक समस्या समाधानको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने दाबी गरिएको सो मोर्चाले आवश्यक परे जनपरिचालन गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका