कांग्रेसले खुमबाहादुरलाई भ्रष्टाचारी ठहर गर्ने सर्वोच्चको फैसला नमान्ने

३२ श्रावण २०६९, बिहीबार १८:३१ मा प्रकाशित

काठमाडौं, ३२ साउन । सर्वोच्च अदालतले पूर्व मन्त्री एवं काँग्रेस नेता खुम बहादुर खड्कालाई भ्रष्टाचारी ठहर गरेकोमा नेपाली काँग्रेसले आपत्ति जनाएको छ । उनले सर्वोच्चको उक्त फैसला नमान्ने निर्णय समेत गरेको छ ।
काँग्रेस केन्द्रीय कार्य समितिको बैठकले फैसला बदनीयतपूर्ण र एकतर्फी भन्दै पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने निर्णय पनि गरेको छ ।
आजा बसेको बैठकको पहिलो एजेण्डाकै रुपमा काँग्रेसले फैसला प्रति आपत्ति जनाएको हो । काँग्रेसले सर्वोच्चको फैसलालाई अन्यायपूर्ण भनेको छ, सर्वोच्चको फैसला पुनरावलोकनका लागि निवदेन दिन महामन्त्री कृष्णप्रसाद सिटौलाले गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको केन्द्रीय सदस्य शंकर भण्डारीले बताए । बैठकमा अधिकांश केन्द्रीय सदस्यले खड्कामाथि अन्याय भएको भन्दै पार्टीले पुनरावलोकनका लागि दबाब दिएपछि कांग्रेस यस्तो निर्णयमा पुगेको हो ।
बैठकमा केन्द्रीय सदस्यहरुले फैसला पुर्वाग्रह भएको दाबीसहित केही नजिर प्रस्तुत गरेका थिए ।
कांग्रेसले खड्कालाई भ्रष्टाचारी ठहर गर्ने सर्वोच्चको फैसलाबाट काँग्रेस दुखी, चिन्तित र गम्भीर भएको पनि निर्णय गरेको छ । बैठकमा पार्टीको भित्रको विवाद, विभिन्न विभागमा नियुक्ती, पार्टीको विधान तथा नियमावली, माओवादी नेतृत्वमा गठन भएको गठबन्धन लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार