गोली हानाहानहुँदा ८ को मृत्यु

३२ श्रावण २०६९, बिहीबार १६:५३ मा प्रकाशित

काठमाडौं, ३२ साउन । पाकिस्तानको सैन्य हवाई अड्डामा बन्दुकधारी र सेनाबीच भएको गोली हानाहानमा ८ जनाको ज्यान गएको छ । राजधानी ईस्लामाबादको नजिक पर्ने कामरामा रहेको मिनहास हवाई अड्डामा सैन्य पोशाक लगाएका आक्रमणकारीले गोली हानेपछि भिडन्त भएको हो ।
घटनामा ज्यान गुमाउने दुई जना सैनिक र ६ जना आक्रमणकारी रहेको सैन्य प्रवक्ताले बताएका छन् । विद्रोही विमानस्थलको भित्री भागमा प्रवेश गर्न नपाएपनि बाहिरबाट ग्रेनेड र रकेट लन्चर प्रहार गर्दा एउटा विमानमा क्षति पुगेको छ ।
आक्रमणपछि पाकिस्तानका सबै सैन्य अड्डा उच्च सर्तकता अपनाइएको छ । गएको मे महिनामा पनि विद्रोहीले सैन्य अड्डामा आक्रमण गर्दा १० सैनिकको ज्यान गएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ