फलफूलको बजार चोभारमा

३२ श्रावण २०६९, बिहीबार १६:४६ मा प्रकाशित

काठमाडौ, ३२ साउन । व्यवसायीहरुको पहलमा चोभारमा फलफूलको मात्रै श्रोत बजार स्थापना हुने भएको छ । कालिमाटी थोक बजार साँघुरो भएपछि श्रोत बजार खोल्न व्यवसायीले चोभारमा २३ रोपनी जग्गा किनेका थिए ।
तर ललितपुरको सुन्दरीघाट मलपोखरीमा तरकारी श्रोत बजार खोल्ने प्रक्रिया अघि बढेपछि चोभारको जग्गामा फलफूलको मात्रै बजार खोल्ने तयारी भईरहेको कालिमाटी तरकारी बजार विकास बोर्डका सदस्य भगवानचन्द्र उप्रेतीले बताए । उनका अनुसार बजार स्थापनाका लागि विश्व बैंकले साढे ७ करोड रुपैंया अनुदान दिने पक्का भएको छ ।
बजार स्थापनाका लागि लागत, बजारको स्वरुप लगायतका विषय छिटै टुंगो लगाई बजार स्थापनाको प्रक्रिया अघि बढाईने उप्रेतीको भनाई थियो ।
त्यहाँ १२ सय देखि १५ सय वटा सम्म स्टल अट्ने गरी स्रोत बजार खेल्ने तयारी गरिएको हो । श्रोत बजारमा तरकारी सहित खाद्यान्न र फलफूल समेत राखिने व्यवसायीहरुले बताएका छन् । बजार स्थापना गर्ने भनिएको सुन्दरीघाट र चोभारको जग्गाको मंगलवार विश्वबैंकका प्रतिनिधि सहितको टोलीले निरीक्षण गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी