डेढ लाख उपभोक्ताले भरे ग्याँस कार्डको फारम

३२ श्रावण २०६९, बिहीबार १६:४३ मा प्रकाशित

काठमाडौ, ३२ साउन । देशभरका १ लाख ५० हजारले उपभोक्ता ग्याँस कार्डका लागि फारम भरेका छन् । काठमाडौ  उपत्यकामा सुरुमा ग्याँस कार्ड वितरण उत्साहजनक भएपनि पछिल्लो समयमा व्यवसायीहरुले सहयोग नगर्दा प्रभावकारी नभएको ग्याँस बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए ।
उनका अनुसार उपत्यकामा सुरु भएको ग्याँस कार्ड वितरण विद्यार्थी संगठनहरुको आन्दोलन र ग्याँस उद्योगीहरुको आन्दोलनकै कारण प्रभावित भएको हो । अहिले उपत्यका बाहिरका उपभोक्तालाई लक्षित गरी काठमाडौ उपत्यका बाहिरका जिल्लाहरुमा पनि कार्ड वितरण भइरहेको छ ।
गएको साउन २१ गतेदेखि काठमाडौ उपत्यका बाहिरका जिल्लामा वितरण प्रक्रिया सुरु भएको हो । सुनसरी, झापा, मोरङमा वितरण सकिएको छ भने पोखरा, चितवन  र बुटवलमा वितरण प्रक्रिया अघि बढाईएको छ । उपभोक्ता ग्याँस कार्ड वितरण प्रभावकारी बनाउन र जतिसक्दो छिटो सक्न महासंघ गृहकार्यमा जुटेको छ ।
केहिदिनमै उद्योगीसित र व्यवसायीसंग यसबारे छलफलको तयारी भएको अध्यक्ष अर्यालले बताए । । उपभोक्ताले कार्डका लागि भरेका फारम आयल निगमले प्रमाणिकरण गरेपछि मात्र उपभोक्ताले कार्डमार्फत ग्याँस लिन पाउने छन् ।
अहिले उपभोक्ताले भरेका धेरै फारम नेपाल आयल निगममा आएको र त्यसको प्रमाणीकरणको प्रक्रिया पनि अगाडि बढेको महासंघले जनाएको छ । सरकारले भदौ १ गतेदेखि ग्याँस कार्ड लागू गर्ने बताएपनि कार्ड प्रमाणीकरण भईनसकेकाले केहि ढिलाई हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से