नेपाल आउने र जानेको रेकर्ड बायोम्याट्रिक प्रणालीमा

१४ माघ २०७६, मंगलवार ०९:५१ मा प्रकाशित

काठमाडौँ, १४ माघ । सरकारले ‘नेपाली पोर्ट’ नामक अध्यागमन सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यले अध्यागमन विभागले तयार पारेको उक्त सेवा सञ्चालनमा आएको हो ।

अध्यागमन सूचनाको सुरक्षा संवेदनशीलताका आधारमा नेपालकै विज्ञ र विभागका प्राविधिक सम्मिलित टोलीले एक वर्ष लगाएर विकास गरेको सो नेपाली पोर्टको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे । अब नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीको बायोम्याट्रिक सूचनासमेत अध्यागमन प्रणालीमा रहनेछ ।

नयाँ प्रणालीमा राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने नो अबजेक्सन सटिफिकेट (एनओसी) र इन्टरपोल सम्बद्ध सूचना एकआपसमा प्रक्रियाबाटै हेर्न मिल्ने गरी अन्तर आबद्धताको व्यवस्था मिलाइएको छ ।

प्रणाली शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले “सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने, पर्यटन उद्योगको विकाससँगै पर्यटन र रोजगारी सिर्जना गर्ने र दिगो आर्थिक विकासको लक्ष्यप्राप्ति गर्ने कार्य योजना अघि सारेको छ” भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९