‘एम्बुलेन्स खरिदमा पनि कमिसन’

३२ श्रावण २०६९, बिहीबार १६:२७ मा प्रकाशित

उदयपुर, ३२ साउन । उदयपुरको रामपुर ठोक्शिला ७ मा रहेको श्री सप्तेश्वर सेवा समितिले एम्बुलेन्स खरिद गर्दा व्यापक हिनामिना भएको खुलेको छ । एम्बुलेन्स खरिदमा समितिले बास्तविक मूल्य भन्दा बढी फर्जी बिल देखाई एम्बुलेन्स खरिद गरेको र खरिदका लागि लगाईएको पुराणबाट संकलित रकम पनि पारदर्शी नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको पनि एम्बुलेन्स खरिदमा पनि कमिसन र आर्थिक चलखेल भएको देखिएको हो ।
अख्तियारमा २०६८ फागुन १५ गते दर्ता भएको उजुरीमाथि जिल्ला प्रशासन कार्यालय उदयपुरले अनुसन्धान गरिरहेको प्रशासनका शाखा अधिकृत लोकबहादुर कार्कीले बताए ।
भ्रष्टाचार विरुद्धको हेल्लो सरकार र गृह मन्त्रालयमा समेत परेको सो उजुरी छानवीनका लागि प्रशासनलाई पत्र पठाइएपछि प्रशासनले छानवीन गरेको उनको भनाई थियो । एम्बुलेन्स खरिदमा ११ लाख २५ हजार ५ सय रुपैयाँ खर्च भएको देखाइएपनि छानवीनबाट ९ लाख २४ हजार ६ सय २० रुपैया मात्र खर्च भएको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कास्की। बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।  संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका

गलेश्वर। म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था

काठमाडौँ। चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको

आजको प्रमुख समाचार