एमाले र कांग्रेस संघीय मोर्चामा आउनुको विकल्प नभएको प्रचण्डको धारणा

३२ श्रावण २०६९, बिहीबार १६:२५ मा प्रकाशित

पाल्पा, ३२ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांरेस र एमाले संघीय लोकतान्त्रिक गणततान्त्रिक मोर्चामा आउनुको विकल्प नभएको जिकीर गरेका छन् । क्रान्तिकारी पत्रकार संघ पाल्पाले आज तानसेन बजारमा गरेको कार्यक्रममा बोल्दै अध्या दाहालले बहुसंख्यक जनताको भावना अनुसार सबै दल मोर्चामा एकतावद्ध हुनुको विकल्प नरहेको दोर्या ।
राजनैतिक सहमति को लागि यो मोर्चा गठन भएको हो, अध्यक्ष दाहालले भने, ‘यही मोर्चाले काँग्रेस र एमालेलाई त्याग गर्न सिकाउछ ।’ संविधानसभाका वहुसंख्यक शक्तिलाई देखेर पनि काँग्रेस एमाले संघीय मोर्चामा आउने उनको दावी थियो । सहमतिको लागि माओवादी हदै सम्म लचक भएको बताउँदै दाहालले ठुलो पार्टीको हैसियतले अझै वार्ता र सहमतिको लागि लचक हने प्रतिवद्धता व्यक्त गरे ।
दाहालले काँग्रेस र एमालेका एक थरी नेताहरुले गर्दा राजनैतिक सहमति हुन नसकेको आरोप लगाए । । ‘सेना समायोजन गरे एक हप्तामा सहमति हुन्छ भन्ने काँग्रेस आज सहमतिकै बिरुद्धमा हिडेको छ’, दाहालले थपे ।
विगतमा विवाद समाधान उपसमितिको संयोजक भएर आफुले सहमति निर्माणका लागि इमान्दारितापूर्वक काम गरेको भन्दै दाहालले अहिले बनेको मोर्चाको संयोजकको हैसियतले पनि सहमति निर्माणका लागि सक्रिय हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर