अनिश्चितकालीन चितवन बन्द, नारायणघाटमा झडप

३२ श्रावण २०६९, बिहीबार १५:५६ मा प्रकाशित

काडमाठौं, ३२ साउन । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले अनिश्चितकालीन चितवन बन्द आह्वान गरेका छन् ।
मध्यान्ह १२ बजेपछि गरिएको बन्दका कारण सैयौं सवारी साधन तथा हज्जारौं यात्रु विच बाटोमै अलपत्र परेका छन् । पूर्वी चितवन, रामनगर, नवलपरासीको गैंडाकोटलगायतका क्षेत्रमा सवारी साधन र यात्रु सडकमै अलपत्र परेका छन् । काठमाडौं फर्कन विमान स्थल तर्फ जाने क्रममा आज युवा विद्यार्थीले भट्टराईलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले अन्धाधुन्द लाठी प्रहार गरेपछि स्थिति तनाव पूर्ण बनेको थियो ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको छ । यसैबीच बन्द गराउँदै हिड्ने समूह र प्रहरीबीच नारायणघाटमा झडप भएको छ । युवा तथा विद्यार्थीहरुले नारायणगढको शहिदचोकमा  ना ४ ख ४८ नम्बरको बसमा तोडफोड गरेपछि प्रहरीले विद्यार्थीहरुलाई सडकबाट लखेटेका थिए । प्रहरी र प्रदर्शनकारी बीच ढुड्डा हानाहान भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउण्ड अंश्रु ग्यास प्रहार गरेको अनेरास्वबियु चितवनका निबर्तमान अध्यक्ष निरज भट्टले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही