चट्याङ र बाढीका कारण चारको मृत्यु

३२ श्रावण २०६९, बिहीबार ०९:४६ मा प्रकाशित

काठमाडौं, ३२ साउन । नुवाकोटको बिदुर नपा–५ माझीटारमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बिदुर– ५ का भैरवबहादुर खड्काको घरमा परेको चट्याङमा परी घरबाहिर पिंढीमा बसेका १९ वर्षिय प्रेम बरालको मृत्यु भएको हो । चट्याङबाट माझीटारका सविना खनाल, बिदुर–२ का नरबहादुर परियार र निर्मला परियार घाइते भएका छन् । घाइतेहरुको बट्टारस्थित शान्ति पोली क्लिनिक र त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने छतिवन गाविसको खोलाले बगाएर एकै घरका तीन बालबालिकाका बेपत्ता भएका छन् । हेटौंडाबाट छतिवनतर्फ जांदै गर्द हिजो सांझ आएको बाढीले ८ वर्षिया शान्ति मोक्तान, सञ्जु मोक्तान र शिखर बेपत्ता भएका हुन् । उनीहरुसंगै रहेका बुबा शंकरलाई भने स्थानीयवासीले तत्काल उद्दार गरेका थिए । बेपत्ता भएकाहरुको खोजी स्थानीयले रातभर गरेपनि फेला पार्न नसकिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको

आजको प्रमुख समाचार