मोर्चाले सहमतिको वातावरण बिथोलेको नेपालको दाबी

३२ श्रावण २०६९, बिहीबार ०९:४५ मा प्रकाशित

काठमाडौं, ३२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको वातावरण अन्त्य भएको बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा हिजो गठन भएको मोर्चाका कारण दलहरुबीच सहमतिको वातावरण बिथोलिएको भन्दै नेता नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईलाई अब सडक आन्दोलनबाट हटाउनुको विकल्प नरहेको दाबी गरे ।
कोटेश्वरस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले माओवादीले कांग्रेस र एमालेविरुद्ध ध्वंसात्मक अभियान चलाईरहेको आरोप लगाए । नवगठित मोर्चाले मुलुकलाई मुठभेडतिर लैजाने एमाले वरिष्ठ नेताको कथन थियो । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको दोहोर्याउंदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले माओवादीले जवर्जस्ती लाद्ने संविधान अन्य पार्टीलाई मान्य नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी