नेपाली कांग्रेसका युवा नेता गगन थापा मार्च २७ मा नेदरल्याण्डस आउने

२ चैत्र २०६८, बिहीबार ०८:३१ मा प्रकाशित


नेपाली कांग्रेसका युवा नेता गगन थापा मार्च तेस्रो साता नेदरल्याण्डस आउने भएका छन् । जन सम्पर्क समिति नेदरल्याण्डसको साधारण सभामा प्रमुख अथितिको रुपमा भाग लिन नेता थापा पोर्तुगलहुदै नेदरल्याण्डस आउन लागेका हुन् । नेपाली कांग्रेस भित्र प्रखर बक्ताका रुपमा चिनिदै आएका नेता थापा जन आन्दोलन -२ देखि सदैब चर्चाको शिखरमा छन् । कांग्रेस महाधिबेशनमा केन्द्रीय सदस्य मा सर्बाधिक मत ल्याएर बिजय भएपछि उनको चर्चा झन् बढेको छ । स्पष्ट बक्ता तथा भाषण शैलीका कारण उनले सम्बोधन गर्ने हरेक कार्यक्रममा जनमानसको ठुलो घुईचो लाग्ने गर्दछ ।

नेपाली जन सम्पर्क समिति नेदरल्याण्डसका अध्यक्ष ठाकुर प्रसाद शर्मा(मनोहरी) का अनुसार यहि मिति :- २७ मार्च २०१२,मंगलबार, समय :- दिनको ११.०० बजे बाट १६.०० बजे सम्म, स्थान :- Jacob Catskade 11,1052 Amsterdam (NRNNL ले २०११ बडा दशैं आयोजना गरेको हल ) नेपाली जन सम्पर्क समिति नेदरल्याण्डस को साधारण सभा हुँदै छ। साधारण सभा लाई भव्यताका साथ् सम्पन्न गर्न समितिले यसअघि विभिन्न उपसमितिहरु गठन गरिसकेको छ, साथै समितिले सदस्यता नवीकरण र नया सदस्यता वितरणको प्रक्रिया लाई समेत तिब्रता दिएको छ। कांग्रेस नेता गगन थापा को आगमनको खबरले नेदरल्याण्डस स्थित कांग्रेसका कार्यकर्ताहरु तथा प्रजातन्त्रप्रेमी माझ नया तरङ्ग पैदा हुने बताउछन समितिका सदस्यहरु।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न