गठबन्धनमा अवद्ध दलहरुले आज राष्ट्रपति भेट्ने

३२ श्रावण २०६९, बिहीबार ०९:४३ मा प्रकाशित

काठमाडौं, ३२ साउन । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा हिजो गठन गरिएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आज राष्ट्रपति रामवरण यादवलाई भेट्दैछ । माओवादीसहित गठबन्धनमा रहेका दलहरुले अपरान्ह पांच बजे राष्ट्रपतिलाई भेट्ने गठबन्धनका प्रवक्ता तथा समाजवादी जनतान्त्रिक पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले जानकारी दिए । भेटमा मोर्चा गठन कसरी र किन गरियो भन्नेबारे राष्ट्रपतिलाई जानकारी गराइने बताइएको छ ।
राजनीतिक गतिरोधको समाधानका लागि भन्दै विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने बीस राजनीतिक दलहरुको मोर्चा गठन भएको हो । राजनीतिक समस्या समाधानको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने दाबी गरिएको सो मोर्चाले आवश्यक परे जनपरिचालन गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार