प्रधानमन्त्री भट्टराईको लोकप्रियता मतपेटिकामार्फत आज खोजिंदै

३२ श्रावण २०६९, बिहीबार ०९:४० मा प्रकाशित

काठमाडौं, ३२ साउन । राष्ट्रिय सहमतिको आधारमा नयां सरकार गठनको मूल एजेण्डा लिएर सडकमा उत्रिएका विपक्षी दलका १७ भातृ संगठनले आज मुलुकभर जनमत संकलन गर्दैछन् । सरकारको विरोधमा तीन सातायता प्रदर्शनमा उत्रिएका विपक्षी दलका विद्यार्थी तथा युवा संगठनहरुले उपत्यकासहित मुलुकभर जनमत संकलन गर्न लागेका हुन् । यस जनमत संकलनले प्रधानमन्त्री भ९राईको लोकप्रियताको छिनोफानो लगाउने उनीहरुले बताएका छन् । बाबुराम सरकार कि सर्वदलीय सरकार ? भन्ने विषयमा गरिने जनमत संग्रह बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म जारी रहने तरुण दलका सुदर्शन आचार्यले जनाएका छन् । भोली हुने मतगणनाको परिणाम आगामी आइतबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाइने युवा तथा विद्यार्थी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)