स्वतन्त्रता सेनानी कंगाललाई विदेशमा बस्ने नेपाली युवाहरुबाट आर्थिक सहयोग

३२ श्रावण २०६९, बिहीबार ०८:११ मा प्रकाशित

काठमाडौं, ३२ साउन । लोकतान्त्रिक योद्धा शिवप्रसाद कंगाललाई अष्ट्रेलियामा रहेका कांग्रेसी युवाले सामूहिक रुपमा ५ सय अष्ट्रेलियन डलर सहयोग गरेका छन्। चार दसकभन्दा लामो समय निरंकुशविरुद्ध लडेका ६८ वर्षीय कंगाल आर्थिक अभावले थलिएका थिए । उनको अवस्था बारे पत्रपत्रिकामा समाचार प्रकाशित भएपछि सन्तोष सिटौला, गोपाल उप्रेति, रुपक मैनाली, भिम लुइटेल, र धनकाजी खत्रीले उक्त रकम सहयोग उपलब्ध गराएका हुन् । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मामार्फत्  उनीहरुले उक्त रकम पठाएको बुझिएको छ ।

शर्माले बुधबार कंगालको घरमा पुगेर उक्त रकमबराबरको ४६ हजार नेपाली रुपैयाँ र आफ्नो तर्फबाट थप ५ हजार थपेर कूल ५१ ह्जार कंगाललाई दिएका छन्। सहयोग रकम पाएका कंगालले विदेशमा रहेका नेपालीले आफूलाई सम्झेकोमा अभार प्रकट गरे भने कंगालजस्ता स्वतन्त्रता सेनानीलाई थोरै भएपनि सहयोग गर्न पाएकोमा आफूहरुलाई खुशी लागेको दाता युवाहरुले टेलिफोनबाट बताएको जानकारी गराइएको छ ।

उनीबारे समाचार प्रकाशित भएपछि नेपाली कांग्रेस गोर्खाका महासमिति सदस्य राजेन्द्र बजगाईँले मासिक ५ हजारका दरले र राम थापाले मासिक ५ सयका दरले एक बर्षसम्म सहयोग उपलव्ध गराउने घोषणा गरिसकेका छन्। कंगाल थिमि नगरपालिका १५ कौशलटारस्थित टिनले छाएको सानो छाप्रोमा पतिपत्नीसहित ३ सन्तानको साथ जीविका काट्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको