किन दिए देउवापक्षीय पदाधिकारीले संयुक्त राजीनामा ?, कांग्रेसको बाटो छेक्न देउवा अग्रसर

३२ श्रावण २०६९, बिहीबार ०७:५१ मा प्रकाशित

काठमाडौं, ३२ साउन । प्रजातान्त्रिक शक्तिहरूबीच बलियो एकता र समझदारीको आवश्यकता परिरहेका बेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने कांग्रेसलाई कसरी दुर्बल र कमजोर बनाउन सकिन्छ भन्ने अभियानमा जुटेका छन् । ०५९ मा काङ्गे्रसलाई विभाजन गरेर राजालाई ‘टेकओभर’ गर्न मार्ग प्रशस्त गर्ने देउवाका पछिल्ला सम्पूर्ण गतिविधि प्रचण्डलाई सत्ता कब्जाको आधारभूमि बनाउन सहयोग पु¥याउने प्रकारको देखिएका छन् । दुई वर्षअघि पार्टी सभापति पदमा भारी मतले सुशील कोइरालासंग पराजित भएयता देउवाको भूमिका कसरी कोइरालालाई असफल बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहंदै आएको छ । भ्रातृ सङ्गठनहरूको पुनर्गठन, प्रधानमन्त्रीको उम्मेदवार चयन, महामन्त्री तथा केन्द्रीय सदस्यहरूको मनोनयनजस्ता विषयलाई मुद्दा बनाएर सभापति कोइरालालाई हैरान बनाएका देउवाले अहिले विभागहरूको गठनलाई लिएर बखेडा सुरु गरेका छन् । जे–जस्ता विषयलाई लिएर सक्रियता देखाए पनि देउवा मूलतः दुई उद्देश्यका लागि ‘क्रियाशील’ देखिन्छन् । उनी प्रधानमन्त्री पदको स्थायी हकदार आफूलाई मात्र ठान्छन् र जसरी जे गरेर भए पनि प्रधानमन्त्री बन्न चाहन्छन् । काङ्गे्रसबाट अरू कुनै नेता प्रधानमन्त्री नबनुन् भन्ने उनको सोच छ र जसलाई प्रधानमन्त्री बन्ने मौका आउन खोज्छ उसैको बाटो छेक्न सक्रिय हुनु उनको नित्यकर्म नै बनेको छ । काङ्गे्रसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने वैधानिक परम्परा रहिआएको छ । संसदीय दलका नेताको निर्वाचनमा रामचन्द्र पौडेलसंग अत्यधिक मतले पराजित भएपछि पनि देउवा विधान र परम्पराविपरीत आफैं प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रयत्नशील रहिरहे । सबै दलको समर्थन आफूलाई प्राप्त हुने भ्रमपूर्ण विश्वासमा रहेका उनले गत वर्ष सहमतिको प्रधानमन्त्री बन्ने फोस्रो प्रयत्न गरेपछि पार्टीले उनलाई मौका पनि दिएको हो । तर, उनी सफल बन्न सकेनन् । अहिले काङ्गे्रस नेतृत्वमा सरकार गठनको प्रसङ्ग जोडदार रूपमा उठ्न थालेपछि देउवा पुनः जमजमाएका छन् । सके आफैं प्रधानमन्त्री बन्ने नसके पनि सुशील कोइराला र रामचन्द्र पौडेललाई बन्नचाहिं कुनै हालतमा पनि नदिने उनको नियति देखिन्छ । स्मरणीय छ, संसदीय दलको नेतामा रामचन्द्र पौडेलको चयन भएपछि देउवाले दलको एउटै बैठकमा पनि सहमति जनाएनन् । यसबाट उनी आफूलाई प्रधानमन्त्री पदका स्थायी हकदार ठान्छन् भन्ने स्पष्ट गरेको छ । दोस्रो, देउवा सुशील कोइरालालाई सभापतिका रूपमा पूर्ण असफल प्रमाणित गराउन चाहन्छन् । उनी सुशीलको असफलतालाई आफ्नो सफलता ठान्छन् र जसरी भए पनि सभापतिलाई असफल सिद्ध गर्न देउवा दिलोज्यानले लागिपरेका छन् । सुशील कोइराला र रामचन्द्र पौडेललाई रोक्न देउवा सक्रिय भए पनि एमाओवादी अध्यक्ष प्रचण्डले काङ्गे्रसलाई सरकारको नेतृत्व नदिने घोषणा गरेका छन् ।

नेपाली काङ्गे्रस केन्द्रीय कार्यसमितिको बैठक साउन ३२ गते बिहीबार बस्ने निधो भएपछि शेरबहादुर देउवाले गत सोमबार र मंगलबार आफ्ना पक्षका केही मानिसलाई भेला गरी कसरी सुशील कोइरालालाई असफल तुल्याउन सकिन्छ भन्नेबारेमा छलफल गरेका थिए । भेलाले काङ्गे्रसको हालै निर्मित विभागलाई मुद्दा बनाएर कोइरालालाई अप्ठ्यारो पार्न सकिने निष्कर्ष निकाल्यो, जसअनुसार बुधबार देउवा समूहका विभागीय प्रमुख र अञ्चल संयोजकहरुको संयुक्त राजीनामा आएको विश्लेषकहरुको ठहर छ ।

माओवादी सरकारको विस्थापन गरी सहमतीय सरकार निर्माणको निम्ति कार्ययोजना बनाउने र संविधानसभा पुनस्र्थापना गर्ने माओवादी निर्णयका बारेमा पार्टीको स्पष्ट धारणा बनाउनेजस्ता विषयमा छलफल गर्न आयोजित बैठकमा देउवाले ती विषयमा प्रवेश नै हुन नदिई विभागका बारेमा बखेडा झिकेर बैठक भांड्ने योजना बनाएका हुन् भन्ने सचेत प्रजातन्त्रवादी तप्काको ठहर छ । ज्ञातव्य छ, प्रचण्डझैं देउवा पनि संविधानसभा पुनस्र्थापनाको पक्षमा छन् । पुनस्र्थापना भएमा आफू प्रधानमन्त्री बन्न पाइने आशा देउवामा पलाएको छ । तर, देउवाको पार्टीविरोधी चालबाजीलाई सभापति कोइरालाले कसरी परास्त गर्ने हुन् प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)