माओवादी फुटेपछि शहिद पनि तानातानीमा

३२ श्रावण २०६९, बिहीबार ०७:४१ मा प्रकाशित

जनकपुरधाम, ३२ साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरण आगामी भदौ २ गते जनकपुर आउने भएका छन् । शहिद रामवृक्ष यादवको स्मृति सभालाई सम्बोधन गर्न अध्यक्ष किरण जनकपुर आउने भएका हुन् । नेकपा–माओवादी धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

नेकपा माओवादीले भदौ २ गते शहिद यादवको स्मृतिसभाको आयोजना गर्ने भएकोले उक्त कार्यक्रममा सहभागिताका लागि अध्यक्ष किरण जनकपुर आउन लागेका हुन् । एकीकृत नेकपा माओवादीले भदौ २ गते धनुषाको बरमझियामा यादवको स्मृतिसभाको आयोजना गर्ने निश्चित भएपछि नेकपा–माओवादीले पनि धनुषाधाममा सभा आयोजना गर्न लागेको मिथिला राज्य सेक्रेटरी रोशन जनकपुरीले जनाए । विगतका वर्षहरुमा शहिद यादवको स्मृतिसभा बरमझियामा हुंंदै आएको थियो । माओवादी टुक्राटुक्रामा विभाजन भएपछि ‘ड्यास’ माओवादी आफैंले अलग रुपमा धनुषाधाममै सभाको आयोजना गर्ने भएपछि यहां अनेक अर्थ लगाइएको छ । शहिद यादवलाई विवादमा नपार्नको लागि ड्यास माओवादीले धनुषाधाममा सभाको आयोजना गर्न लागेको सेक्रेटरी जनकपुरीको कथन रहे पनि दुई पक्षबीच यसै विषयलाई लिएर तनाव हुनसक्ने एक माओवादी नेताले आशंका जनाए । उनले शहिद यादवको स्मृति सभा भव्यताको साथ सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको जनाए । पार्टी धनुषा इन्चार्ज महादेव यादवले नेकपा माओवादी मातृका समूह र नेकपा (माओवादी)ले धनुषाधाममा संयुक्त रुपमा शहिद यादवको स्मृतिसभा गर्ने जनाउंदै स्मृति सभामा नेकपा माओवादीका अध्यक्ष मातृका यादव समेत सहभागि हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक