गांजासहित अभियुक्त पक्राउ, तस्करबारे प्रहरी मौन

३१ श्रावण २०६९, बुधबार २०:३२ मा प्रकाशित

लहान, ३१ साउन । प्रहरीले सिरहा जिल्लाको एउटा नदी छेउबाट ठूलो परिमाणमा गांजासहित एकजनालाइ पक्राउ गरेको छ । तीनवटा बोरामा राखिएको गांजासहित उदयपुर वयलडाँडा–३ का मदनबहादुर पुलामी मगरलाई ६३ किलो गाँजासहित सिरहाको तरेगना गोविन्दपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले तरेगना गोविन्दपुरस्थित बलान नदीको छेउबाटै राति १० बजे मगरलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । उदयपुरबाट भारत लाने क्रममा मगर पक्राउ परेको लहानका प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताए । पक्राउ परेका मगरले आफू कामदार भएको बताएका छन् । मगरले एक किलो गांजा भारत पु¥याउन ७५ रुपैया मालिकले दिने गरेको बताए । उनले भने– ‘म पैसाको लोभमा फसें, मेरो अन्य कुनै संलग्नता छैन ।’ गांजा तस्करी गर्नेमा भारत विहारका एकजना र सप्तरीका एक रहेको बयान मगरले प्रहरीसामु दिएका छन् । प्रहरी निरीक्षक खड्काले तस्करको नाम सार्वजनिक गर्दा कारवाही गर्न अप्ठ्यारो पर्ने भन्दै नाम र ठेगाना गोप्य राखिएको बताए । प्रहरी अधिकारीको यस अभिव्यक्तिलाई रहश्यात्मक रुपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर