खड्कामाथि पूर्वाग्रही फैसला गरिएको भन्दै दाङ बन्द

३१ श्रावण २०६९, बुधबार २०:१८ मा प्रकाशित

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका लोकप्रिय नेता खुमबहादुर खडकालाई पूर्वाग्रहवश भ्रष्टाचारीको विल्ला भिराएर राजनीतिक जीवन नै समाप्त पार्न खोजिएको भन्दै नेबि संघले बुधबार मध्यान्हृ दाङ्गको तुलसीपुर बजार बन्द गराएको छ । नेबि संघ राप्ती बबई बहुमुखि क्याम्पस तुलसीपुर ईकाइ कमिटीको आहृवानमा गरिएको अनिश्चीतकालिन बन्दका कारण मध्यान्हृ देखि तुलसीपुर क्षेत्रको जनजिबन प्रभाबित भएको छ ।लोकतन्त्रको लडाईंमा सुनौलो इतिहास भएको र भावी दिनमा पनि लोकतन्त्रका लागि अपरिहार्य ठानिएका प्रभावशाली नेता खडकालाई भ्रष्टाचारको मुद्धा लगाई लोकतन्त्रबिरोधीहरुले उहाको राजनितिक ब्यक्तीत्व समाप्त पार्न खोजीएकोले आन्दोलनमा उत्रिनु परेको बिद्यार्थीहरुको भनाई छ । नेता खडकामाथि लगाइएको भ्रष्टाचारको मुद्धालाई फुल बेन्चबाट सुनुवाई गरिनु पर्ने भन्दै तुलसीपुर क्षेत्र बन्द गराईएको नेबि संघ ईकाइ सभापति घनश्याम भण्डारीले जानकारी दिए । सर्बोच्चले मंगलबार सुनाएको फैसला पुनराबोलनक गर्न पनि नेबि संघले माग गरेको छ ।

दाङबाट प्राप्त समाचारअनुसार बन्दको कार्यक्रममा सरिक रहेका नेबिसंघ इकाई सभापति घनश्यम भण्डारीसहित अरुण लहरे, बिमल खडका, सुशील वली, प्रदिप गौतम, अजय बुढाथोकी र बिनोद बुढाथोकी गरी सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार