देउवा समूहका विभाग प्रमुख र अञ्चल संयोजकहरुको सामूहिक राजीनामा

३१ श्रावण २०६९, बुधबार १९:२८ मा प्रकाशित

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका देउवापक्षीय १२ विभाग प्रमुख र ४ अञ्चल संयोजकले पार्टी कार्यालय सानेपामा बुधबार सामूहिक राजीनामा बुझाएका छन् । १३ विभाग प्रमुखमध्ये १२ र ६ अञ्चल संयोजकमध्ये ४ जनाले राजीनामा दिएका हुन् ।
देउवा पक्षका संसदीय विभाग प्रमुख पूर्णबहादुर खड्का, कृषि तथा सहकारी विभाग प्रमुख बालकृष्ण खाँड, भूपू सैनिकका रमेश रिजाल, प्राकृतिक स्रोत विभाग प्रकाशसरण महत, साहित्य कला संस्कृति विभागका मनमोहन भट्टराईले राजीनामा दिए । यस्तै पर्यटन विभागका किशोरसिंह राठौर, विज्ञान तथा प्रविधि विभागकी सीता गुरुङ, अनुसन्धान तथा अभिलेख विभागकी महालक्ष्मी उपाध्याय ुडिनाु, अनुगमन तथा मूल्यांकन विभागका अम्बिका बस्नेत, द्वन्द्व व्यवस्थापनका ईश्वरी न्यौपाने, सिँचाइ तथा पूर्वाधार विभागकी मिनाक्षी झा र अपांग विभागकी सुजाता परियारले सामूहिक राजीनामा दिए ।
यसैगरी, अञ्चल संयोजकहरु मेचीका महेन्द्र यादव, लुम्बिनीका सुरेन्द्र पाण्डे, कर्णालीका मिन विश्वकर्मा र महाकालीका जीवनबहादुर शाहीले पनि राजीनामा दिए । देउवापक्षका विभाग संयोजक भीष्मराज आङ्देम्बेले भने राजीनामा दिएनन् । उनी राजधानी बाहिर रहेको भनिए पनि राजीनामा गर्ने निर्णयमा असन्तुष्ट रहेको बुझिएको छ । दुई अञ्चल संयोजक सेतीका ज्ञानेन्द्रबहादुर कार्की र धवलागिरीका एनपी साउदले यसअघि नै राजीनामा दिइसकेका छन् ।
सबै दलहरुमा विवाद र विभाजन देखिएका बेल नेपाली कांग्रेस सवल भएर अघि बढ्ने अपेक्षा आम कार्यकर्ता तथा शुभचिन्तकहरुले गरिरहेको सन्दर्भमा पार्टीका वरिष्ठ नेता समेत रहेका देउवाद्वारा उठाइउको यस कदमको प्रजातन्त्रवादी नागरिक समाजले आलोचना गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही