पात्र -जगदिश घिमिरे

३१ श्रावण २०६९, बुधबार १८:२६ मा प्रकाशित

‘धत्, साला कूपात्र । के गरेर बसिरहिस् देहातमा यतिका बर्षसम्म ।” उसले भन्यो । उसको नाउ‘ जोशी हो । हामी पुराना साथी थियौं । भेट भएको दुइ–तीन मिनेटपछिदेखि हामी पैले जस्तै खुल्यौं ।
‘खूब मक्खी पाइन्छ होला उतातिर ।”
‘मक्खी” ऊ केटीहरूलाई भन्दथ्यो । खास गरेर दुई चार फूलमा बसेर रस चाखिसकेका तरुनीहरुलाई । ‘फूल त हामी हौं” उ भन्दथ्यो ‘तिनीहरू मधुमक्खी ।”
‘कति बस्छन् अब ?” उसले सोध्यो ।
‘टूङ्गो छैन । शायद अब यतै बस्छू ।”
‘सा‘च्चै ?”
‘सा‘च्चै ।”
‘तर त‘ पाखेलाई कल्ले पत्याउ‘छ ? अब पैला जस्तो सजिलो छैन मक्खी फँसाउन ।”

 
‘किन ?” मैले सोधें ।
‘कारको मोडेल जस्तो केटी फ‘साउने मोडेल पनि बदलिन्छ । अनुहारको मोडेल र ब्यूटीको मोडेल सबै बदलिन्छ – त‘ चुगद इन्डियनलाई काठमाडौंको कुन केटीको लिफ्ट दिन्छ र अब – गाह्रो छ बाबु गाह्रो । पैले नेपाली हो ।”
स्कूलमा ऊ र म सहपाठी थियौं । एस. एल. सी. गरेर उसले त्रि–चन्द्र र मैले पब्लिक साइन्स कलेजमा साइन्स ज्वाइन गरेका थियौ‘ । वर्षदिन ऊ त्रि–चन्द्रमा हल्लिएर प. सा. क. मा. आयो । दुई वर्षसंगै प. सा. क. हल्लिएर आई. ए. पढ्न कलकत्ता गयो । म तराईतिर टाप ठोकें । एक वर्ष कलकत्ता हल्लिएर ऊ काठमाडौं फर्केछ र आई. कम., बी. कम. पढ्दै रहेछ । म पा‘च वर्ष तराई पहाड हल्लिएर थाकेर काठमाडौंमा हल्लन आएको थिए‘ ।
‘तराईमा खुब मक्खी फसाउ‘दो होस् त‘ हैन ?” उसले सोध्यो ।
‘तराईमा मक्खीको अनिकाल छ भाइ, त्यसैले काठमाडौं आएको हु‘ फेरि” मैले भनें ।
एक्कै छिनपछि मलाई तलदेखि माथिसम्म नियाल्दै उसले भन्यो – ‘तर मैले आफ्नू पाखेपन छाड्नु पर्छ यहा‘ बस्ने हो भने । तेरो यो बूट भएन । प्वाइन्टेड, आउट अफ डेट । सूट त झन हु‘दै भएन । तेरो अनुहारबाट पनि इन्डियनगन्ध आउन थालेछ । अब यहा‘ बस्ने हो भने तूरुन्त बेल बटम सूट, गोगो गगल्स, बूटको इन्तजाम गरिहाल् । सर्ट यस्तो (उस्ले आफ्नो देखायो), र प्रोनन्सिएसन् इङ्गलिश होइन प्योर अमेरिकन हुनु पर्दछ ।”
मैले देखें उच्चारण लगायत ती जम्मै कुराहरू उसको शरीर र व्यवहारमा जडिएका थियो ।
हामी फुटपाथमा हल्ल‘दै थियौं, श्रेष्ठ भत्रे केटी भेट भई जसलाई अघि हामी जिस्क्याउ‘थ्यौं र अहिले उसले आ‘खा झिम्क्यायो ।
के. सी. भत्रे केटी भेट भै जसलाई उसलाई मुस्कायो ।
जम्दार्नी (तड्केर हिड्थी, अतअ हामीले जम्दार्नी नाउ‘ राखेका थियौं) भेट भै जसलाई उसले जिस्क्यायो ।
उसलाई कसैले कुनै प्रतिकृया जनाएनन्, उसका असफलताहरूलाई मैले हा‘सेर उडाए‘ ।
‘हेर्न अचेल मक्खीहरू मलाई पत्याउनै छोडिसके । सब अरू नै फूलमा पल्केका छन् । म दुब्लाएर पनि यस्तो भएको हो” उसले स्वीकार गर्‍यो ।
‘साला ग्याष्ट्रिक अल्सरले । क्या दियो । पोहोरदेखि सताइराख्या छ । पोहोरसम्म त मक्खीहरू म भनेपछि क्या दिवाना हुन्थे, त‘लाई थाहै छ ।”
‘अहिले यौटा पनि छैन त ?”
‘छ नि एक दुईटा, भएर के गर्नु तर । भनेको बेला सिनेमा लैजान सक्दिन‘ । पिकनिक लैजान सक्दिन‘ । भोलि सिनेमा हेर्ने टिकट उसैले काटेर बोलाउ‘छे, आफूसंग राम्रो लुगा हुदैन … यार जिन्दगी बेकार छ ।”
‘अ‘ निस्सार छ रे … ।”
‘त्यसैले जागीर खान आ‘टे । लगा न, छैन तेरो कुनै सोर्स ।”
‘मेरो के सोर्स हुनु ? बरु होला तेरै । कम्युनल भएको छैनस त‘ ? कम्युनल भैदिएर पनि मौकामा फाइदा उठाउनु पर्छ बाबु ।”
‘ूसा‘च्चै सब सालाहरू कोही बाहुन भनेर, कोही क्षेत्री भनेर, कोही नेवार भनेर, कोही के भनेर कोही के भनेर कम्यनुल हु‘दा रहेछन् । हामी छैनौं कम्यनुल । आ‘खा लडाउने केटीको हामी जातको वास्ता गर्देनौं ।” उसले भन्यो –‘साला बूढाहरू कम्यूनल हुन्छन् । हाम्रो जेनेरेशन छैन । … कुन्नी बुढा भएपछि हामी पनि हुन्छौं कि । के ठेगान ।” …
‘यौटा कूरा भन् त, तैले बायोलोजी पढेको होइन ? अल्सर र मास्टरबेसनस‘ग के सम्बन्ध हुन्छ ?”
‘क्यै पनि हु‘दैन ।” मैले जवाफ दिए‘ ।
‘मैले परारसम्म लगातार दुई वर्ष मास्टरबेशन गरें त्यतिखेर संचो थियो ।”
‘अचेल बजारमा पाइने मक्खीका‘ जान्छ ।” आफूले तपस्या गरेर फसाएको मक्खीलाई पिकनिक लैजान पैसा हु‘दैन के गर्नु त यार…… घिन लागी–लागी पनि … छन त छ यौटा होमो । तर होमो मलाई मन पर्दैन । त‘लाई चाहिन्छ भने चिनाइदिन्छु । सिनेमा पनि उसले लैजान्छ । होटल पनि उसैले लैजान्छ । त‘ इन्डियन । इन्डियामा त यसको खूब बहार हुन्छ रे उसले तराईमा बसेको मलाई जिस्क्यायो ।
उसले भन्दै गयो – ‘त्यसैले त म कम्यूनिष्ट सपोर्टर भएको … यूनिवर्सिटी एलेक्सनमा कांग्रेसको विरोध गरेको । त‘ के को सपोर्टर नि ? साला पू‘जीवाद । वर्तमानप्रति उसले विद्रोह जनायो । ।
‘म ? क्यै न क्यै ।”
‘साला त सा‘च्चै लेखक जस्तो भै सकिस् ?” भन् त, त‘ लेखक हुन लागेको छस् भत्रे सुनेको थिए‘, कत्तिको लेखक भइस् ? तैंले लेखेको छापिन्छ ? लेखिसकेर त‘ कससंग करेक्सन गराउ‘छस् ?
मलाई हा‘सो उठ्यो ।
लेख्ने हो भने गोर्कीको वार एन्ड पीस जस्तो लेख्न सक्नु पर्छ बुझिस् ? ….
मलाई झन् हा‘सो उठ्यो । मैले सोधे‘ – ‘गोर्कीको वार एन्ड पीस ?”
‘हो त । तैले साहित्य के पढेको छस् र त‘लाई थाहा हुन्छ ? साहित्य पढ्न, बुझ्न त हामी जस्तो इन्टेलेक्चुअल कम्युनिस्ट हुनु पर्छ बाबु !”
म पनि लेख्न सक्छु त्यसो त, नत्र त्यतिका फिल्म हेरेको के काम लाग्यो ।
म चुपै लागिरहें ।
‘तेरो किताब छापियो भने ‘प्रिय साथी जोशीज्यूमा” लेखेर प्रिजेन्ट गरिनस् भने हेर्न त‘लाई … मान्छेको साथी लेखक भएर कति–कति प्रिजेन्ट गर्छ–– ।”
‘ल … ल …” – मैले भनें । यौटा कुराले मलाई काउकूति लगाएको थियो, मौका पाएर सोधें – ‘तैलें कम्युनिज्म कति बुझेरै कम्युनिस्ट सपोर्टर भएको ?”
उसले भन्यो – ‘मैले चाहिने जति बुझेको छु – तै‘ले नी ?”
मैले भने‘ –‘नबुझे पनि यति बुझेको छु कम्वयुनिस्टले त‘लाई यसरी लोफरी गर्न दिंदैन ।”
‘नदिए के त । स्वास्नी त दिन्छ । अल्सरको औषधी त गरिदिन्छ । गरीब भएको भए ठाडै मर्ने म बुझिस् … साला डाक्टरलाई फीस तिर्दा–तिर्दा हैरान । फिस पाएपछि जे पनि गर्छन् … नपाए कोही मरोस् कि बा‘चोस् के वास्ता ।”
‘त्यो त गर्छ, तर त‘लाई गरीब सरहै राख्छ ।”
‘राखे के त । सबै एकै सरह भए के पीर । कार चढेको मक्खी पछि–पछि साइकल लिएर चेज त गर्नुपर्दैन कि ।”
उसले त्यो सम्झाएको, जून अघि हामी कार चढेर कलेजबाट फर्कने केटीलाई साइकल चढेर लघाथ्र्यौं । जोशी भन्थ्यो, त्यो कार चढ्ने केटीको एक करोड ब्या‘क ब्यालेन्स छ, त्यसैलाई फ‘साउन सके संसारबाट मुक्ति पाइहालियो । आई. एस्सी. किन पास गरिरहनु पर्‍यो ? तर त्यो सपना थियो, हामी जान्दथ्यौं ।
उसले फेरि भन्यो –‘कम्यूनिस्ट सपोर्टर भएको गल्ती गरियो । कांग्रेस सपोर्टर भएइको भए मक्खी खुब फ‘साउन पाइन्थ्यो । तर म त्यति विचार गरेर कम्युनिस्ट सपोर्टर भएको कहा‘ हो र ? मत त‘ जस्तो इन्डियनको दलालहरू देखर चीन सपोर्टर भएको … काठमाडौं इन्डियनले लिइसके … के काठमाडौ‘ – नेपाल नै लिइसके सब होटेल इन्डियनका … सब राम्रा मक्खी इन्डियनका … सब राम्रा कार इन्डियनका हामी त हेर्‍या हेर्‍यै … आफ्नै देशमा आफै पराई … त‘ साला … इन्डियन जासुस होस् भनेर क्यै नभनेको अघि … हाम्रो टोलका सब ‘य‘ग ब्लड”हरू कम्युनिस्ट भैसके । त‘ पनि हो … ।
एकछिन थामिएर उसले फेरि भन्यो – ‘इन्डियनको अत्याचारबाट बच्न कम्युनिस्ट हुनै पर्‍यो । तितो मूख पारेर उसले कुरा अगाडि घचाड्थ्यो” तर कम्युनिस्टमा पनि ग्रुपिङ रहेछ बुझिस्, मैले पछि थाहा पाए‘ अचेल मलाई कम्युनिस्टको सपोर्ट गर्नै मन लाग्दैन । उल्ले भन्छ ऊ चोर उल्ले ऊ चोर । को चोर – को चोर हामी के थाहा पाउने ?” ऊ गलल्ल हा‘स्यो । यो हा‘सोमा निश्छलता थियो एक बथान केटीहरूले, जसको हामी अघि नै देखि पिछा गर्दै थियौं, हामीपटिटे फर्किएर आ‘खा तरे । शायद जोशीको हा‘सो सुनेर हामी अडियौं । जोशीले जिस्क्याउन थाल्यो । केटीहरूको बथान भोटाहिटीबाट छरियो – हामी अडियौं ।
अब उसको कूरा दोहोरिन थालेका थिए । म बोर हु‘दै थिए‘ । दुई तीन घण्टा जून मलाई बिताउन परेको थियो, सजिलै बिताएको थिए‘, र अब काममा जानु थियो । मैले छुट्टिने प्रस्ताव राखें ।
ऊ त्यस्तै आकस्मिक रूपले छुट्टियो जसरी भेट भएको थियो ।
‘तेरो आजको स्मरण लेख्दैछु, छुट्टिंदै मैले भनें ।
‘लात खालास् नलेख् …” उसले भन्यो ।
दुई दिनपछि नया‘ सडकमा ऊ भेट भो ।
‘फूर्सद छ त‘लाई ?”
‘छ ।”
‘ल आइज, म त‘लाई मेरो दार्जीलिङको मक्खी देखाउ‘छ” उसले तानेर लग्यो र यौटी, उसलाई हात हल्लाउ‘दै कारमा गैरहेकी केटी देखायो ।
‘तर दार्जीलिङसंग झुक्किएर पनि आ‘खा नलडाउनु । आजसम्म फोनमा बाहेक कुरा गर्न पाएको छैन ।”
छुट्टिने बेला गम्भीर मुद्रामा उसले सोध्यो – ”मेरो कथा लेखिस् ?”
‘लेखेको छैन‘ तर नलेखी छाड्दिन‘ ।”
‘हेर, त‘ जस्तो लेखक कुकुरसरि छन् । के गर्छस् लेखेर ? … कल्ले पढ्छ तैंले लेखेको … ? लेखेर के पैसा पाउ‘छन् … ? लक्ष्मीप्रसाद देहकोटाको गति देखिहालिस् मैले भनेको कूरा विचार गरेस् … तैले र मैले अब सङ्गत गर्नु बेकार छ … मेरो संस्मरण लेख्छु भन्छस् … पैला त नलेख्नु … लेखिहाले पनि नाउ‘ नदिनु नि ।”
ऊ गयो । कुनै बेला ऊ मेरो निकै राम्रो साथी थियो । अहिले मेरो पात्र भएको छ । विसङ्गति देख्दा हा‘सो लाग्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो