हिरोइनहरुका फेसबुक तनाव

३१ श्रावण २०६९, बुधबार १८:२० मा प्रकाशित

काठमाडौं । नायिका करिष्मा मानन्धरको फोटोयुक्त फेसबुक एकाउन्टमा केही समयअघि मात्रै पोष्ट भयो, ‘मेरो पुरानो अनि पहिलो प्रेम । आज अनायासै सम्झें ।’ यही फेसबुक स्ट्याटस पढेर कतिपयले करिष्माको वैवाहिक जीवनमा खटपट आएको अर्थ समेत लगाए । धन्न यो उनको असली फेसबुक नभई नक्कली फेसबुक एकाउन्ट रहेछ ।

खासगरी नायिकाहरुको फोटो राखी एकाउन्ट खोलेर अर्कैले दुरुपयोग गरिदिंदा आफूहरु बद्नाम बनेको उनीहरुको गुनासो छ । करिष्माको नाममा मात्रै पाँचवटा फेसबुक खुलिसकेका छन् । व्यक्तिगत जीवनमा नै असर पर्ने गरी दुरुपयोग गरिदिंदा अबचाहिं उजुरबाजुर गर्नुपर्ने मनस्थितिमा उनी पुगिसकेकी छिन् ।

यस्तै नक्कली आइडी खोलेर अपाच्य हुने दृश्य र सन्देश पठाइदिंदा शुरुमा नायिका केकी अधिकारीलाई निके तनाव झेल्नुपर्‍यो । आदर गर्ने मान्छेहरुलाई तँ, तिमी सम्बोधन गरेर म्यासेज पठाइदिंदा उनले अफ्ठेरो अनुभव गरिन् रे । तर अब भने अडियन्सहरुलाई नै कलाकारहो नक्कली आइडी हुनु अनिवार्य जस्तै भएकोले यसले खासै असर गर्न छोडेको उनको बुझाइ छ । भन्छिन्, ‘कुन नक्कली र कुन सक्कली भन्ने छुट्याउन उनीहरु पारख भईसके ।’

नायिका ऋचा शर्माले आफ्नो नाममा खोलिएका नक्कली फेसबुककै कारण झमेला खेप्नुनपरेपनि एकपटक हृयाक भएको पीडा भने अझै भुलेकी छैनन् । त्यसपछि फेसबुककै सेक्युरिटी अपडेट गरेपछि भने खासै समस्या नआएको उनले बताइन् ।

डेढ वर्षदेखि फेसबुक चलाउन थालेकी भएपनि नायिका झरना थापाको एकाउन्ट भने त्यसअघि नै भेटिन्थ्यो सर्च गर्दा । ती नक्कली एकाउन्टबाट उनले अश्लील भिडियो, म्यासेजको मार खेपेपछि सक्कली फेसबुक बनाइन् । यस्ता अनावश्यक म्यासेज र तस्विर आउँदा शुरुमा आत्तिएकी झरनाले अहिले तीनवटा सक्कली एकाउन्ट खोलेकी छिन् । ‘अहिले भने यस्ता म्यासेज र तस्विर देख्दा नर्मल लाग्छ,’ उनले भनिन् ।
नायिका बिनिता बरालले फेसबुकबाट समेत नायक राज घिमिरेलाई अश्लील म्यासेज पठाएको उजुरी प्रहरीमा परेको थियो, केही महिनाअघि मात्रै । यसले कलाकारबाटै समेत फेसबुकको दुरुपयोग भएको देखिन्छ । बरालले फ्यानहरुबाट आइ लभ यु, भन्दै बढी म्यासेज आउने गरेको बताइन् । रेस्पोन्स गर्‍यो भने झनै कामुक म्यासेज उनीहरुले पठाउने बरालको अनुभव छ ।

नायक जीवन लुइटेलको फेसबुक हालै मात्र हृयाक भएको छ । उनकी श्रीमतिलाई हृयाकरले आफू सेलिब्रेटीहरुको फेसबुक हृयाक गर्ने सौखिन व्यक्ति भएको बताएका छन् रे । जसका कारण के गर्ने भन्नेमा उनी द्धिविधा र तनावमा छन् ।

विज्ञापन गर्ने र संसारभरका फ्यानसँग नजिकिने प्रभावशाली माध्यक फेसबुकका कारण कलाकारहरुलाई जति सजिलो भएको छ, दुरुपयोगका कारण उति नै अफ्ठेरो पनि । नाियका थापा भन्छिन्, ‘आफ्नो प्रचार सित्तैमा प्रभावकारी रुपमा गर्न फेसबुक ज्यादै उत्तम विकल्प भएको छ ।’
Source: Filmnepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक