कल्याणको किन भएन कल्याण ?

३१ श्रावण २०६९, बुधबार १८:१६ मा प्रकाशित

कुनै समय यी तीन एक थिए। कल्याण घिमिरे, पुष्पराज पुरुष र पूजना स्त्री। तर, आज यी तीन तीनतिर छन्। एक समय हर्बोको बारेमा बखान गर्न नथाक्ने कल्याणले पुष्पराजलाई सम्बन्धकै आधारमा हिरो बनाएर छिराए सिनेमा क्षेत्रमा। उनीबाट कल्याणले फाइदा पनि खुबै लिए। पूजना स्त्रीले पनि खबै लुटिन पुष्पराजबाट। तर, अहिले हर्बो बन्द भएपछि पुष्पराजलाई कल्याण र पूजनाले मरेको मान्छेलाई जुम्राले छाडेझैं चटक्क छाडिदिइन्। एक समय हर्बोको बखान गरेर नथाक्ने कल्याण र पूजना अहिले हर्बोको नाम नै लिन चाहँदैनन्। त्यसो त ‘श्रीमान्’ नामक चलचित्रमा हर्बोको लगानी रहेको कुरा पनि बजारमा आएको होइन। यो चलचित्र कल्याणकै संयोजनमा बनेको थियो भने यसै सिनेमामार्फत नै पुष्पराज पुरुष र पूजना स्त्री नजिकिएका पनि थिए। नाम पनि यी दुईले मिलाएर राखेका थिए पछि।
हर्बोका पुष्पराज यतिबेला प्रहरी नियन्त्रणमा छन् तर हर्बोकै कारण बजारमा चुरीफुरी देखाउन सफल कल्याण र जयसङ्गत भन्दै आफूलाई धार्मिक आस्थाकी युवती देखाउँदै हर्बोको ग्राहक बनाउँदै हिँड्ने पूजना भने खुलमखुला हिँडिरहेकी छिन्। यता चलचित्र श्रीमान्को प्रचारप्रसार गर्ने क्रममा मिडियाको रकम नदिने र मिडियामा बद्नाम भएका कल्याण फेरि अर्को फिल्म बनाउँदै छु भनेर भन्दै हिँड्ने थालेका छन् रे। उमेरले राजेश हमालसरह नै पुग्न लागेका कल्याण बीसौँ वर्षदेखि चलचित्र क्षेत्रमा छन्। उनीभन्दा पछि आएकाहरू माथि पुग्नु तर कल्याणको अहिलेसम्म कल्याण नहुनुमा भने उनको खराब नियत नै कारण हो भन्ने कुरा जानकारहरू बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म ‘सीताः द इनकार्नेशन’ मा कंगना पक्का

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । गीतमा दिग्गज

काठमाडौं । ।गायक हिमाल सागरले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ‘एकादेशको कथा’ ल्याएका छन् । रोमान्टिक शैलीको गीतमा श्याम

अमेरिकी गायिका ब्रिटनी स्पियर्सले आफ्ना लामो समयदेखिका प्रेमी साम अस्घरीसँग इन्गेजमेन्ट गरेकी छन् । पछिल्लो समय निजी कारणले चर्चामा रहेकी