बेलायतस्थित नेपाली सँस्थाहरुको साझा मन्चको रुपमा समन्वय परिषद यूकेको स्थापना

३१ श्रावण २०६९, बुधबार १८:१० मा प्रकाशित

अनुज उप्रेती, बेलायत । बेलायतमा रहेका विभिन्न नेपाली सँघ सँस्थाहरुको साझा मँञ्चको रुपमा नेपाली सँघ सँस्था समन्वय परिषद यू के को स्थापना भएको छ। स्थानिय west London स्थित ए बि आइ कलेजमा सम्पन्न भएको करिव १४ वटा सँस्थाहरु र संचारकर्मिहरुको उपस्थिथिमा समत २७ सँस्थाहरुको समर्थन रहेको भेलाले लामो समय देखि समाज सेवामा समर्पित बरिष्ठ समाजसेवी तथा यतिका आँठौ पटक सम्मका
अध्क्ष्य डा. राघव धिताल संरक्षक र सुरेश जंग शाह अध्यक्ष रहेको १३ सदस्यिय तदर्थ केन्द्रिय कार्य समितीको पनि गठन गरेको छ। तदर्थ केन्द्रिय समितिका अन्य सदस्यहरुमा उमेश राज मोक्तान, बिजय थापा, होम परिवाग, शशि पौडेल, केशव श्रेष्ठ, धन बहादुर थापा, समिप हाइगवाङ जर्जर, वीरेन्द्र कुँवर, भक्त बहादुर मल्ल, कृष्ण प्रसाद शर्मा र जीवन सेन हुनुहुन्छ।

आगामी 9 सेप्टेम्बरमा बस्ने तदर्थ केन्द्रिय कार्य समितिको बैठकमा अरु सँस्थाहरुको पनि सहभागीता बढ्ने र केही सदस्यहरु र सल्लाहाकारहरु कार्यसमितिमा थपिनेछ र कार्य बिभाजन गरिनेछ । बढीमा आगामी दुई बर्ष भित्रमा बेलायतमा रहेका सम्पूर्ण संघसँस्थाहरुको तथ्यांककृत गरी सदस्यता वितरण विधान निर्माण र केन्द्रिय सम्मेलन गरी सँस्थाहरुको चाहना र प्रत्यक्ष सहभागीता अनुरुप खुल्ला निर्वाचन सम्पन्न गराउनु बर्तमान कार्य समितिको प्राथमिक कार्य रहेको छ ।

वेलायतमा रहेका हरेक सँघसस्थाहरुले गरेका कार्य र ति सँस्थाहरुका कार्यसमितिमा सम्बद पदधिकारिहरुको योगदानको आभिलेख राखि ऐतिहासिक दस्तावेज तयार गर्ने, केन्द्रिय कार्यगत एकता समान्वय, प्रोत्साहन, सहयोग, सद्भभाव, सहभागिता सुचना र संचार प्रवाह गरी एक आपसमा समान पहिचान, समानता र सामाजिक एकरुपतामा बल पुराइ सम्पूर्ण संघ सँस्थाहरुको साझा आवाज र अधिकार तथा प्रतिनिधित्व र पौच सम्वद सँस्थाहरु मध्यबाटै स्थापित गराउनु यस समन्वय परिषदको दीर्धकालिन लक्ष्य रहेको छ ।

बैठकले बेलायतमा रहेका एन आर एन लगायतका सम्पूर्ण सँस्थाहरुलाई जतिसक्दो छिटो यस साझा मन्चमा सहभागिता राख्नु भई केन्द्रिय सम्मेलन र नयाँ कार्य समितिको निर्वाचन सम्पन्न गराउन सकृयाता का लागि आह्वान गरेको छ भने एन आर एन ले उठाएको नेपाली नागरिकता र संयुक्त लगानिका प्रशङगमा समन्वय परिषदको सहयोगात्मक भूमिका रहने कुरा प्रस्ट पारेको छ ।

सँस्थापना भेला बैठकको सभापतित्व यती सँस्थाका निवर्तमान अध्यक्ष ब्रिटेन नेपाल सिभिक फोरमका अध्यक्ष डा. राघव प्रसाद धितालबाट भएको थियो भने अवधारणा कार्यपत्र अभियानकर्ता महासचिव सुरेश जंग शाहबाट प्रस्तुत गरिएको थियो। सहभागिहरु तथा संचारकर्मिहरुबाट आभिरुची पूर्वक गहन छलफलमा भाग लिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

आजको प्रमुख समाचार