तीन देशका वाणिज्यदूत एकै घरभित्र

३१ श्रावण २०६९, बुधबार १७:५८ मा प्रकाशित

काठमाडौं, ३१ साउन । विदेशका लागि नेपालस्थित ३१ मुलुकका वाणिज्यदूतमध्ये खेतान परिवारले मात्र तीन मुलुकको वाणिज्यदूत बन्ने मौका पाएको छ । कूटनीतिक हैसियतको गाडी प्रयोग गर्न पाइने र रातो पासपोर्टमा विदेश सयर गर्न पाउने भएपछि मदिराजन्य उत्पादनमा अगुवा मानिएका राजेन्द्र खेतानले आफूलाई पोर्चुगलको वाणिज्यदूत बनाएका छन् भने पत्नी सारिका खेतानलाई रोमानिया र भाइ चन्द्रप्रकाश खेतानलाई टर्कीको वाणिज्यदूत बनाएका छन् । 

सामान्यतः वाणिज्यदूतले स्वदेशी व्यापार विदेशमा अभिवृद्धि गराउने र विदेशी लगानी नेपालमा भिœयाउन विशेष भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर, खेतान परिवारले विदेशी कम्पनीको नाफाका लागि स्वदेशमा मौका उपलब्ध गराउने र आफूले यहांआर्जन गरेको रकमसमेत विदेशमा लगानी गर्ने गरेको छ । राजेन्द्र खेतानले नेपालको फितलो कानुनबाट लाभ उठाउंदै यहांको रकम हुन्डीमार्फत भारत पु¥याएर त्यहां छुट्टै बियर कारखाना खोलेका छन् ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार खेतानले राजनीतिक दलका नेता तथा परराष्ट्रका अधिकारीहरूलाई राम्रो रकम दिलाएर पत्नी र भाइलाई पनि वाणिज्यदूत बनाएका हुन् । उनले घरायसी काममा मात्र व्यस्त रहंदै आएकी पत्नी सारिकालाई वाणिज्यदूत बनाउंदा विदेश सयरमा पनि निकै सजिलो पर्ने र अवैध धन्दालाई वैध गराउन सजिलो हुने भएकोले मोटो रकम खर्च गरेर वाणिज्यदूत बनाएका हुन् । नेकपा मालेबाट संविधानसभामा सदस्यसमेत बन्न सफल भएका खेतानले संविधानसभाको सदस्य बन्न पनि राम्रै रकम खर्च गरेका थिए । उनले त्यसका लागि माले महासचिव सीपी मैनालीलाई रकम बुझाएको बताइन्छ । सभासद् भएबापत उनले सरकारबाट पाउने मासिक ६४ हजारभन्दा बढी रकममध्ये आधा रकम पनि मैनालीलाई नै दिंदै आएका थिए । स्रोतका अनुसार पत्नी सारिकालाई वाणिज्यदूत बनाउन माले महासचिवलाई पनि राम्रै रकम चढाएका थिए ।
त्यसो त ३१ वाणिज्यदूतमध्ये केहीले राम्रै काम गर्ने प्रयास गरेको भए पनि अधिकांशले उक्त पदको दुरूपयोग गरी व्यक्तिगत लाभ मात्र उठाउने गरेका छन् । राज्यबाट वाणिज्यदूतहरूको क्रियाकलापमाथि निगरानी नगर्ने गरेकाले पनि धेरैले उक्त पदको दुरूपयोग गरेका हुन् । परराष्ट्रका एक अधिकारीले भने, ‘राज्यबाट वाणिज्यदूतका कामको राम्रो अनुगमन गर्ने हो भने उनीहरूबाट केही आशालाग्दा काम हुन सक्ने थिए ।’
परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले पनि वाणिज्यदूतहरूबाट सोचेजस्तो काम हुन नसकेको बताए । उनले भने, ‘सबै मानिस एकैनासका हुंदैनन्, त्यसैले कतिले राम्रो काम गरेका हुन्छन् कतिले गरेका हुंदैनन् ।’ ‘हामीले उनीहरूलाई अवैतनिक दूतका रूपमा जिम्मेवारी दिएका छौं, अरू केही सुविधा दिएका हुंदैनौं,’ थापाले भने, ‘उनीहरूले आफ्नो इच्छाअनुसार काम गरिरहेका छन् ।’ उनीहरूले पयर्टन तथा ट्रेडसंग सम्बन्धित रहेर काम गर्नुपर्ने हो, गरेका होलान् भन्ने विश्वासमा हामी चलेका छौं । उनले उनीहरूले राम्रो काम गरे–नगरेकोबारे पनि खासै अनुगमन नगरेको जानकारी दिए । वाणिज्यदूतहरूले गरेको कुनै पनि कामबाट राम्रो काम नभए पनि नकारात्मक कुरा नआएकोले पनि त्यतातिर ध्यान नगएको बताए ।
मन्त्रालयका अनुसार स्लोभाकियाका लागि पासाङ दावा शेर्पा, साउथ अफ्रिकाका लागि प्रदीपकुमार श्रेष्ठ, स्पेनका लागि अम्बिका श्रेष्ठ, स्विडेनका लागि गजेन्द्रबहादुर श्रेष्ठ, युक्रेन किरण वैद्य, लक्जम्बर्गका लागि श्रीराम लामिछाने, माल्दिभ्सका लागि तुल्सीराम अग्रवाल, माल्टाका लागि दिनेश श्रेष्ठ, मेक्सिकोका लागि टेकचन्द्र पोखरेल, मंगोलियाका लागि क्षेतेन ग्युरम्यान श्रेष्ठ, मोरक्कोका लागि वसन्तकुमार चौधरी, नेदरल्यान्डका लागि आरपी (रेम) निफजेस, न्युजिल्यान्डका लागि लिसा छोइग्याल, फिलिपिन्सका लागि सुरज वैद्यलाई नियुक्त गरेको छ । त्यस्तै पोल्यान्डका लागि लोकमाया गोल्छा, अस्ट्रेलियाका लागि लक्ष्मणबाबु श्रेष्ठ, बेलारुसका लागि अजयराज सुमार्गी पराजुली, बेल्जियमका लागि आङछिरिङ शेर्पा, चेक गणतन्त्रका लागि विष्णुकुमार अग्रवाल, चिल्लीका लागि वसन्तराज मिश्र, क्रोसियाका लागि अमीरप्रताप जबरा, साइप्रसका लागि पद्मज्योति, ग्रिकका लागि जयकुमारनाथ शाह, हंगेरीका लागि चन्द्रशङ्कर ज्ञवाली, इन्डोनिसियाका लागि चन्द्रप्रसाद ढकाल, इटलीका लागि रविभक्त श्रेष्ठ, लिथुनियाका लागि रामेश्वर सापकोटालाई नियुुक्त गरेको छ । सरकारले यीमध्ये केहीलाई हटाएर नयां अनुहारका व्यक्तिलाई वाणिज्यदूत बनाउने तयारी गरेको छ भने केही मुलुकमा थप वाणिज्यदूत थप गर्ने तयारी गरेको छ । तर, सरकारले कसलाई हटाउने र कसलाई राख्ने भन्ने कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको