‘संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा’ घोषणा, मोर्चा गठन गर्न गिरिजाप्रसादबाट प्रेरित भएको प्रचण्ड-खुलासा

३१ श्रावण २०६९, बुधबार १७:२३ मा प्रकाशित

काठमाडौं, ३१ साउन । ‘संघीयताका पक्षधर’हरुको गठबन्धन भन्दै सत्तारुढ दलहरुले निर्माण गरेको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा’ घोषणा गरिएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा संघीयता पक्षधर दलहरुले मोर्चा गठन गरेका हुन् । मोर्चामा सत्तारुढ तथा संघीयता पक्षधर २१ दल सामेल छन् भने प्रत्येक दलका एक एक जना गरि २१ सदस्यीय समिति गठन गरिएको छ । गठनवन्धको नीति तथा कार्यक्रममा सहमत हुने दलहरुलाई मोर्चामा सहभागी गरिने बताइएको छ । गठवन्धन घोषणा गर्न होटल र्‍याडिसनमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजक प्रचण्डले सबैलाई सहमतिमा ल्याएर मुलुकलाई निकास दिन मोर्चा गठन गरिएको दाबी गरे । गठवन्धनले संविधानसभा‘संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा’ घोषणा, मोर्चा गठन गर्न गिरिजाप्रसादबाट प्रेरित भएको प्रचण्ड खुलासा काठमाडौं, ३१ साउन । ‘संघीयताका पक्षधर’हरुको गठबन्धन भन्दै सत्तारुढ दलहरुले निर्माण गरेको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा’ घोषणा गरिएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा संघीयता पक्षधर दलहरुले मोर्चा गठन गरेका हुन् । मोर्चामा सत्तारुढ तथा संघीयता पक्षधर २१ दल सामेल छन् भने प्रत्येक दलका एक एक जना गरि २१ सदस्यीय समिति गठन गरिएको छ । गठनवन्धको नीति तथा कार्यक्रममा सहमत हुने दलहरुलाई मोर्चामा सहभागी गरिने बताइएको छ । गठवन्धन घोषणा गर्न होटल र्‍याडिसनमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजक प्रचण्डले सबैलाई सहमतिमा ल्याएर मुलुकलाई निकास दिन मोर्चा गठन गरिएको दाबी गरे । गठवन्धनले संविधानसभाको निर्वाचनलाई गतिरोध अन्त्यको पहिलो विकल्पका रुपमा अघि सारेको छ भने विवादित विषयमा सहमति गरी घोषणा गर्न संविधानसभा पुनस्थापना गर्ने र संविधान जारी भएपछि संसदको निर्वाचन गर्ने दोस्रो विकल्प अघि सारेको छ । पत्रकार सम्मेलनमा प्रचण्डले कांग्रेस र एमाले कुर्सीमोहमा परेको आरोप लगाउंदै त्यसैका कारण राजनीतिक गत्यारोधको अन्त्य हुन नसकेको दाबी गरे । विवादित विषयमा सहमति गरेर राष्ट्रिय सरकार बनाउन आफूहरु तयार रहेको उनको कथन थियो । आफूलाई निकै त्यागीनेताका रुपमा प्रस्तुत गर्न खोजेका प्रचण्डले कुर्सीमोह छाडेर सहमतिमा आउन कांग्रेस र एमालेका नेताहरुलाई आग्रह समेत गरे । उनले दलहरुबीच तत्काल सहमतिको सम्भावनालाई अस्वीकार गर्दै सहमतिका लागि अझै एक महिना लाग्नसक्ने बताए । गिरिजाप्रसाद कोइराला बांचिरहेका भए यस्तो अवस्था आउंदैनथ्यो भन्दै प्रचण्डले यो गठबन्धन पनि अन्तिम अवस्थामा गिरिजाप्रसादले व्यक्त गरेको चाहनाकै कारण बनाउनुपरेको तर्क दिए । उनको आसय गिरिजाप्रसादले उनको निधनउप्रान्त आफूलाई मुलुकको अभिभावकत्व लिन आग्रह गरेको भन्ने बुझिन्थ्यो । को निर्वाचनलाई गतिरोध अन्त्यको पहिलो विकल्पका रुपमा अघि सारेको छ भने विवादित विषयमा सहमति गरी घोषणा गर्न संविधानसभा पुनस्थापना गर्ने र संविधान जारी भएपछि संसदको निर्वाचन गर्ने दोस्रो विकल्प अघि सारेको छ । पत्रकार सम्मेलनमा प्रचण्डले कांग्रेस र एमाले कुर्सीमोहमा परेको आरोप लगाउंदै त्यसैका कारण राजनीतिक गत्यारोधको अन्त्य हुन नसकेको दाबी गरे । विवादित विषयमा सहमति गरेर राष्ट्रिय सरकार बनाउन आफूहरु तयार रहेको उनको कथन थियो । आफूलाई निकै त्यागीनेताका रुपमा प्रस्तुत गर्न खोजेका प्रचण्डले कुर्सीमोह छाडेर सहमतिमा आउन कांग्रेस र एमालेका नेताहरुलाई आग्रह समेत गरे । उनले दलहरुबीच तत्काल सहमतिको सम्भावनालाई अस्वीकार गर्दै सहमतिका लागि अझै एक महिना लाग्नसक्ने बताए । गिरिजाप्रसाद कोइराला बांचिरहेका भए यस्तो अवस्था आउंदैनथ्यो भन्दै प्रचण्डले यो गठबन्धन पनि अन्तिम अवस्थामा गिरिजाप्रसादले व्यक्त गरेको चाहनाकै कारण बनाउनुपरेको तर्क दिए । उनको आसय गिरिजाप्रसादले उनको निधनउप्रान्त आफूलाई मुलुकको अभिभावकत्व लिन आग्रह गरेको भन्ने बुझिन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न