चेपाङ भेट्न प्रधानमन्त्री चितवनमा

३१ श्रावण २०६९, बुधबार १५:१४ मा प्रकाशित

काठमाडौं, ३१ साउन । शान्ति र संविधानका एजेण्डालाई मूल जिम्मेवारी बनाएर प्रधानमन्त्री पदको सपथ खाएका डा. बाबुराम भट्टराईले मुलुकका ती महत्वपूर्ण मुद्दामा खासै काम देखाउन नसकेपछि प्रधानमन्त्रीको ओहदाको कोणबाट नियाल्दा झिनामसिना प्रतीत हुने काममा आफूलाई इन्गेज राख्दै चर्चा बटुल्न थालेका छन् । मुस्ताङ गाडी चढेर भरपुर चर्चा बटुलेका डा. भट्टराई सस्तो लोकप्रियताकै लागि कहिले भक्तपुरको खेतमा रोपाईं गर्न जाने त कहिले काठमाडौं उपत्यका वरपरका गाउंले किसानकहां एकछाक खाना खान पुग्ने गरेका छन् ।
यसै क्रमलाई निरन्तरता दिंदै प्रधानमन्त्री भट्टराई बुधबार चितवनको सिद्धि गाविसस्थित चेपाङ बस्ती पुगेका छन् ।

चेपाङहरुको दयनीय अवस्थाबारे पत्रपत्रिकामा समाचार प्रकाशित भएपछि उनले चेपाङ भेट्ने मन गरेका बालुवाटारसुत्रले जनाएको छ । प्रधानमन्त्रीसंगै मुख्यसचिव लीलामणि पौडेले र गरिबी निवारण कोषका उपाध्यक्ष जनकराज जोशी पनि चितवन पुगेका बताइएको छ ।
बुधबार दिउंसो २ बजे बुद्ध एयरको उडानमार्फत् चितवन पुगेका प्रधानमन्त्रीले सिद्धि गाविसको एक ओडारमा बस्दै आएका ८३ बर्षीय बन्दिपुरे चेपाङलाई भेट्ने कार्यक्रम रहेको बुझिएको छ । यसैगरी गरिबीले गर्दा बिहान बेलुकाको छाक जुटाउन नसकेका सिद्धि गाविसका चेपाङहरुसँग प्रत्यक्ष भेटेर उनले समस्या बुझ्ने कार्यक्रम रहेको छ । केही खाद्यान्न र लत्ता कपडा समेत वितरण प्रधानमन्त्रीले त्यहां वितरण गर्नेछन् ।
बिहिबार बिहान राजधानी फर्कने कार्यक्रम बनाएका प्रधानमन्त्री भट्टराई सिद्धि गाविसस्थित उपस्वाथ्य चौकी भवनमा बस्ने छन् भने चितवन भ्रमणका क्रममा नेपाल प्रहरीको मध्य क्षेत्रीय तालिम केन्द्रमा कर्मचारीलाई भेटेर निर्देशन दिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर