अनसन बसेका प्राध्यापकको स्वास्थ्य अवस्था गम्भीर

३१ श्रावण २०६९, बुधबार १४:१६ मा प्रकाशित

काठमाडौं, ३१ साउन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डिन नियुक्त गर्दा वरिष्ठता र क्षमताका आधारमा नियुक्ति गरिनुपर्ने मागका साथ गत सोमबारदेखि अनशनमा बसेका प्रा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकले जनाएका छन् । उनको पिसाव जांच गरेपछि स्वास्थ्यस्थिति चिन्ताजनक रहेको निश्कर्षमा पुगेको उपचारमा संलग्न डा. प्रेम खड्काले जानकारी दिए ।
प्रा. डा. केसीको मागविपरित त्रिविका उपकुलपति डा. हिराबहादुर महर्जनले एकलौटी निर्णयका आधारमा वरिष्ठतालाई पन्छाउँदै डा. धर्मकान्त बास्कोटालाई निमित्त डिनको जिम्मेवारी दिएका छन् भने डा. केसीले उठाएको एजेन्डामा समर्थन गर्दै शिक्षण अस्पतालको अन्तरंग र आकस्मिक बाहेक सबै सेबा ठप्प पारिएको छ । अनसनमा बसेका प्राध्यापकको स्वास्थ्यावस्था गम्भीर बनिसक्दा पनि सम्बन्धित निकायले आंखा चिम्लेर बसेको भन्दै प्राज्ञिक क्षेत्रमा असन्तुष्टि बढेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने बताएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित