समुद्रमा डुबेर नेपाली बाबुछोराकै मृत्यु

३१ श्रावण २०६९, बुधबार ०७:४७ मा प्रकाशित

हङकङ, ३१ साउन । सात वर्षदेखि हङकङ बस्दै आएका लमजुङ नाल्माका ३६ वर्षीय चन्द्र गुरुङ र उनका ६ वर्षका छोरा विवेकको आइतबार हङकङको चुनमुनमा समुन्द्रमा डुबेर मृत्यु भएको छ । आइडी लिएर हङकङस्थित युनलुङमा बस्दैआएका नेपाली बाबु(छोराकै ज्यान गएको हङकङस्थित लमजुङ समाजका सत्य घलेले जानकारी दिए ।
घलेका अनुसार चुनमुन बटरफ्लाई तटमा खेलिरहेका छोरा समुन्द्रमा हराएपछि आत्तिएर उद्दार गर्न गएका बाबु पनि डुबेको अनुमान गरिएको छ। लाइफ गार्डले दिएको जानकारीको आधारमा प्रहरीले आइतबार साँझ नै समुन्द्रमा तैरिएको चन्द्रको मृत शरीर बाहिर निकालेको थियो। ुप्रहरी सहितले रातभरी खोजी गर्दा पनि छोरो फेला पार्न सकिएन, सोमबार मात्र मृत शरीर निकाल्यौँु घलेले भने, ुत्यो पौडी खेल्ने ठाउँ नै भएकाले लाइफ गार्डले किन हेरेनन् भन्ने प्रश्न उठेको छ, तर प्रहरीको रिपोर्ट नआई केही भन्न सकिन्न।ु
हङकङको आइएसएस कम्पनीमा आवद्ध भएर सुरक्षा गार्डमा कार्यरत चन्द्र श्रीमतीलाई घरमै छाडेर आफ्नै कम्पनीका साथीहरूले आयोजना गरेको बिबिक्यू पार्टीमा छोरा सहित चुनमुन समुद्री तट पुगेका थिए। पौडी खेल्न नजान्ने भएकाले छोरालाई उद्दार गर्न गएका बाबु पनि डुबेको हुनसक्ने घलेले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।