राष्ट्र संघका लागि नेपाली नियोगका प्रमुख ज्ञान चन्द्र आचार्य संयुक्त राष्ट्र संघको उपमहासचिव पदमा नियुक्त

३१ श्रावण २०६९, बुधबार ०५:२९ मा प्रकाशित

न्युयोर्क, ३१ साउन । राष्ट्र संघका लागि नेपाली नियोगका प्रमुख ज्ञान चन्द्र आचार्य संयुक्त राष्ट्र संघको उपमहासचिव पदमा नियुक्त हुनु भएको छ । नेपाल सरकारको परराष्ट्र सेवामा रहेर उत्कृष्ट सेवा प्रदान गर्ने थोरै उच्च प्रशासकहरु मध्य एक आचार्य राष्ट्र संघका लागि नेपाली नियोगको प्रमुख नियुक्त हुनु अघि परराष्ट्र सचिब हुनुहुन्थ्यो । काठमान्डूमा जन्मनु भएका आचार्य कुशल प्रशासकका अतिरिक्त सफल र विवाद रहित कुटनीतिज्ञका रुपमा समेत परिचित हुनुहुन्थ्यो । सन् २००९ मा तत्कालिन माधव कुमार नेपाल सरकारले राष्ट्र संघका लागि नेपाली नियोगको प्रमुख पदमा नियुक्ति पछी नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघमा उहाँले पुर्याउनु भएको योगदान र खेल्नु भएको भूमिका प्रसंशा योग्य रहेको थियो । यद्यपी जल बायु परिवर्तन को मारमा परेको हिमालय क्षेत्रको समस्या अन्तराष्ट्रिय मुद्धाका रुपमा उठाउन उहाँको भूमिका प्रभावकारी रहे पनि महाशक्ति सम्पन्न राष्ट्रहरुको बल मिच्याईले नेपाल यो मुद्दामा अपेक्षा कृत लाभ लियन असफल रहदै आएको छ । नेपालका अधिकाम्स उच्च प्रशासकहरु राजनीतिक विवाद र शक्ति केन्द्र नजिक रहने परम्परा बिपरित निष्पक्ष शान्त र शालीन व्यवहारका कारण सबैको प्रिय रहनु भएका ज्ञान चन्द्र आचार्यले करिब एक वर्ष अघिनै संयुक्त राष्ट्र संघको उपमहासचिव पदमा नियुक्त हुने निजि प्रयाश थाल्नु भएको थियो । गत सोमबार नेपाली नियोगका प्रमुख ज्ञान चन्द्र आचार्य संयुक्त राष्ट्र संघको उपमहासचिव पदमा नियुक्त हुनु भएको औपचारिक पुष्टि भएको थियो । उहाँ संयुक्त राष्ट्र संघको पुर्व सहायक महसचिब कुल चन्द्र गौतम पछीको दोश्रो नेपाली कुनितिज्ञ जसको क्षमता र कार्य कुसलताले राष्ट्र संघीय सेवामा सफल हुने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर