दुई तिब्बतीद्वारा आत्मदाह

३० श्रावण २०६९, मंगलवार २१:५० मा प्रकाशित

काठमाडौं, ३० साउन । तिब्बतमा चिनीयां शासनविरुद्ध प्रदर्शनहरु जारी रहंदा सिचुआन प्रान्तमा थप दुई तिब्बतीहरुले आत्मदाह गरेका छन् । तिब्बती र चिनीयां सुरक्षाकर्मीबीच झडप तथा भडिन्त भएपछि ती घटनाहरु भएका हुन् । आफ्नो अधिकारका लागि चिनियां शासनविरुद्ध आन्दोलनमा उत्रिएका तिब्बतीहरुले अधिकारप्राप्तिको मुद्दालाई ज्यानभन्दा ठूलो ठान्दै आएका छन्, फलस्वरुप पछिल्ला दिनमा उनीहरुद्वारा आत्मदाहको कदम उठाइने क्रममा बढोत्तरी देखिएको छ । तर, चीन भने तिब्बतीको अधिकारप्राप्तिको आवाजलाई सम्बोधन गर्नुको साटो उल्टै निर्मम बन्दै गएको विश्लेषकहरु बताउंछन् ।
आत्मदाहको पछिल्लो घटनाबारे बोल्दै भारतमा निर्वासनमा रहेको तिब्बती प्रशासनले प्रहरीले प्रदर्शनकारीमाथि चुच्चो किसिमको लाठी प्रयोग गर्दा एक तिब्बतीको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका जनाएको छ । चिनीयां शासनविरुद्ध तिब्बतीद्वारा यस प्रकारको विरोध तीन वर्षअघि सुरु गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्