महानिर्देशनालयको नेतृत्वमा माओवादीको पनि प्रतिनिधित्व हुनु पर्छः मन्त्री त्रिपाठी

२ चैत्र २०६८, बिहीबार ०७:५९ मा प्रकाशित

काठमाडौ, २ चैत । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले संघियता विनाको संविधान जारी हुनै नसक्ने ठोकुवा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा मन्त्री त्रिपाठीले संघीयता विनाको संविधान मान्नै नसकिने भन्दै किस्ता बन्दीमा संविधान जारी गरिए त्यो संविधानको औचित्य समाप्त हुने चेतावनी दिए ।
उनले संघीयतालाई कुरुप बनाउने षडयन्त्र मुलुकमा चलिरहेको दावी गर्दै संघीयता निल्न पनि नसक्ने र ओकल्न मिल्दै नमिल्ने तातो आलु भएको दावी गरे ।
मन्त्री त्रिपाठीले संघीयता विना संबिधान जारी भए मुलुक अकल्पनीय द्धन्द्धमा फस्ने चेतावनी दिदै त्यसलाई कसैले पनि थाम्न नसक्ने ठोकुवा गरे ।
शान्ति प्रक्रिया निष्कर्समा पुर्याउने काम सहज भएको दावी गर्दै उनले संघीयताको मुद्दा मुलुकमा सबैभन्दा जटिल भएको बताए । संघीयताको विषयमा पहिला जो जुन स्थितिमा थियो अहिले त्यही स्थितिमा पुगेको दावी गर्दै त्रिपाठीले भने–संघीयतामा आउनु भन्दा पहिला जो जुन ठाँउमा थियो , अहिले त्यो त्यही ठाँउबाट म्याउँ गर्दैछन ।
संघीयता हुन नदिन संघीयताबादीहरुलाई भडकाएर कमजोर बनाउने षडयन्त्र भईरहको भन्दै उनले कोही पनि त्यस्तो षडयन्त्रमा फस्न नहुने तर्फ सचेत गराए ।
मन्त्री त्रिपाठीले सेना समायोजन गर्दा नेपाली सेनामा ६ हजार ५ सयको संख्यामा जुन पदले नेतृत्व गर्छ त्यो पद माओवादी लडाकुले पनि पाउनु पर्ने भन्दै समायोजनलाई स्विकारेपछि समायोजनका सबै तत्वलाई स्विकार्नु पर्ने तर्क गरे ।
उनले भने–पहिला महानिर्देशनालयको संख्या तय गरौ त्यसपछि समायोजन हुने कति संख्यामा नेपाली सेनाको के दर्जा हुन्छ लडाकुलाई पनि त्यो दर्जा दिऔ । समायोजन हुनेको बृज कोर्स र तालिम लगायतका ब्यवस्था गर्नु पर्ने भएकोले महानिर्देशनालयको नेतृत्वमा पनि माओवादीको प्रतिनिधित्व हुनु पर्छ ।
उनले दलहरुले शान्ति र संविधानको विषयमा भए भरका तासका सबै ५२ बटै पत्ता फ्याकिसकेको भन्दै अव पनि खेल्न खोजे जोकरमात्रै हात लाग्ने चेतावनी दिदै शान्ति प्रक्रियामा मुलुकले गुणात्मक फड्को मारेकोले पदमिलान टुङगिना साथ शान्ति प्रक्रिया टुङगिने दावी गरे ।
माओवादीको नेतृत्वको सरकार बनेपछि अब माओवादीसँग शान्ति र संविधान टुङग्याउनुको विकल्प नभएको भन्दै मन्त्री त्रिपाठीले शान्ति प्रक्रिया, संविधान निर्माण र चार बुँदे सहमति अगाडि बढाएसम्म सत्तारुढ गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने स्पष्ट पारे । उनले भने–कसैले गठबन्धन तोड्छु भन्ने अपेक्षा नगरे हुन्छ । यो सरकारले नगरे अरु कुनै पनि सरकारले काम गर्न सक्दैन । यो सरकार मुलुककोलागी एन्टी बायोटिक औषधी जस्तै हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काठमाडौं । नयाँ सत्ता समीकरणमा लगभग सहमति नजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र