नेता खड्काविरुद्ध सर्वोच्च फैसला

३० श्रावण २०६९, मंगलवार १९:५९ मा प्रकाशित

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको राजनीतिक भूमिका नचाहनेहरूले यो साता ‘ऐतिहासिक सफलता’ प्राप्त गरेका छन् । खड्काविरुद्ध परेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाए पनि सर्वोच्च अदालतले ९४ लाख रुपैयां बराबरको सम्पत्ति स्रोत नखुलेको ठहर गर्दै डेढ वर्ष कैदको फैसला गरेको छ । ०५९ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकार राजाबाट अपदस्थ भएपछि राजापे्रमी वामपन्थी सूर्यनाथ उपाध्याय प्रमुख रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता खड्काविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा चलाएको थियो । उक्त मुद्दामा विशेष अदालतले छानबिन गरी ०६३ सालमा सफाइ दिएको थियो । त्यसपछि तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको इसारामा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । यस प्रकरणमा विजयी हुंदा नेपाली काङ्गे्रस र समसामयिक राजनीतिमा खुमबहादुर खड्काको भूमिका बढ्ने भएकोले माओवादी अध्यक्ष प्रचण्ड, काङ्गे्रस
महामन्त्रीसमेत रहेका झापाका कृष्ण सिटौला र शेरबहादुर देउवालगायतका केही व्यक्ति विशेष रूपमा चिन्तित बन्न पुगेका थिए । काङ्गे्रसभित्र लोकप्रिय रहेका नेता खड्कालाई सजाय गर्ने फैसला भएपछि उनीहरूले फैसलालाई आफ्नो सफलता ठानेको बताइन्छ । स्मरणीय छ, खड्कालाई ‘ठेगान लगाउन’ केही शक्तिकेन्द्र तथा व्यक्तिहरू निकै अघिदेखि नै सक्रियतापूर्वक लागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री