लुटेरा पक्राउ

३० श्रावण २०६९, मंगलवार १९:१८ मा प्रकाशित

काठमाडौं, ३० साउन । नगद, मोबाइललगायतका कागजपत्र लुट्ने कार्यमा संलग्न भारत दार्जिलिङका रिशेष राईलाई प्रहरीले पक्राउ गरेको छ । सोह्रखुट्टे बस्दै आएका २१ वर्षीय राईले बा.४७ प ८१०७ नम्बरको मोटरसाइकल प्रयोग गरी सोही ठाउँ बस्ने १८ वर्षीय बरेन गुरुङको साथ लिएर म्हेपीपुलनजिक वद्या बस्नेत नामक महिलाको २० हजार नगद, मोवाइल र कागजपत्र भएको झोला लुटेका थिए । भाग्दै गरेको अवस्थामा स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले राईलाई पक्राउ गरेको थियो । मोटरसाइकलसहित फरार रहेका बरेनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, लाजिम्पाटका क्रिपेश बस्नेत र बानेश्वरका सुमन बुढाथोकीलाई प्रहरीले अवैध लागूऔषधसहित पक्राउ गरेको छ । बा.४८ प २४६५ नम्बरको मोटरसाइकलमा काठमाडौं आउँदै गरेका उनीहरुलाई मकवानपुर चुरियामाई–३ रातमाटे चेकपोष्टमा प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा