केएफसी र पिज्जा हट रेष्टुरेन्ट बन्द

३० श्रावण २०६९, मंगलवार १७:१३ मा प्रकाशित


काठमाडौं, ३० साउन । केएफसी र पिज्जा हट रेष्टुरेन्ट अनिश्चितकालका लागि वन्द भएका छन् । देवयानी इन्टरनेशनल प्रालि नामक बहुराष्ट्रिय कम्पनीदरा सञ्चालित सो रेष्टुरेन्टका कर्मचारीहरु काम छाडेर आन्दोलनमा उत्रिएपछि दरवारमार्ग, थापाथली र ग्वार्कोमा रहेका केएफसी, पिज्जाहट, क्रिमबेल र पिएचडी रेस्टुरेन्ट मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।
कम्पनीले जनाएअनुसार रेष्टुरेन्टमा कार्यरत मजदूरहरुले कम्पनीका मानव संशाधन विभाग प्रमुख कृष्ण शर्मामाथि आक्रमणको प्रयास गरेपछि रेस्टुरेन्ट बन्द गर्नुपरेको हो । रेष्टुरेन्टका मानव संशाधन विभागका प्रमुखमाथि नै दुर्व्यवहार भएको तथा ज्यान नै लिने धम्की दिएकाले अनिश्चित कालका लागि रेष्टुरेन्टहरु वन्द गरीएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कम्पनीमा १ सय ८० जना नेपाली कामदारहरु रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा