प्रधानमनन्त्रीको कारगेड रोकेर कालोझण्डा प्रदर्शन

३० श्रावण २०६९, मंगलवार १३:१५ मा प्रकाशित

काठमाडौं, ३० साउन । बाबुराम भट्टराईले तत्काल सरकार छोड्नुपर्ने माग राख्दै महिना दिनदेखि आन्दोलनरत कांग्रेस एमालेलगायत राजनीतिक दलका भातृ संगठन कार्यकर्ताले प्रधानमन्त्री भट्टराईलाई बनेपामा कालो झण्डा देखाएर विरोध गरेका छन् । आज बिहान काठमाडौं विश्वविद्यालयको बैठकमा भाग लिन राजधानीबाट जांदै गर्दा भट्टराईलाई बनेपाको दुई स्थानमा कालो झण्डा देखाइएको हो ।
बनेपाको तीनदेबाटोमा एमालेको भातृ संस्था युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताले तथा चारदोबाटोमा कांग्रेसको भातृ संस्था तरुण दल र नेवि संघले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका थिए । सो क्रममा प्रधानमन्त्रीको कारगेड नै एक घण्टा रोकिएको थियो भने प्रहरीसंग भएको झडपमा अनेरास्ववीयूका जिल्ला अध्यक्ष जेनिश लामा र युवा संघका विकास दाहाल घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार