अब बिरामीको अपरेशन पनि रोबोटले गर्ने

३० श्रावण २०६९, मंगलवार ०७:२४ मा प्रकाशित

३० साउन, काठमाण्डौं । रोवोटले बिरामीको अपरेशन गर्ने भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । तर, विज्ञान र प्रविधिले उत्कर्ष छोएको आजको युगमा यस्ता कुराहरु सामान्यजस्तै बन्न थालेका छन् । डाक्टरको निर्देशनमा रोबोटले अपरेसन गर्ने प्रविधि भारतमा भित्रिएको छ । अरु केही अस्पतालसँगै अपोलो अस्पतालले १० करोड भारु लगानीमा रोबोट ल्याएको हो । अपोलोसहित भारतभरि पाँच अस्पतालले ‘रोबोटिक सर्जरी’ थालेका छन् ।
अपोलोका डाक्टरले एक महिना अवधिमा रोबोटका माध्यमबाट २५ विरामी अपरेसनसमेत गरिसकेका छन् । ‘यो प्रविधिबाट अपरेसन गर्नेक्रम बढ्दो छ,’ डाक्टर फैसल ममताजले भने,’अहिलेसम्म भारतीयको मात्र राबोटिक सर्जरी गरिएको छ ।’ अरु विधिभन्दा यसबाट करिब ८० हजार रुपैयाँ बढी तिर्नुपर्छ । यसमा प्रयोग भएका औजार १० पटक भन्दा बढी प्रयोग गर्न नमिल्ने भएकाले यसको उपचार खर्च बढी भएको खबर नागरिक दैनिकले छापेको छ । उक्त रोबटमा औजान जोड्न मात्र आधा घण्टाको समय लाग्ने संलग्न प्राविधिकहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा

आजको प्रमुख समाचार