नमूना मतदान गरेर सरकारप्रतिको जनधारणा बुझिने

३० श्रावण २०६९, मंगलवार ०७:१३ मा प्रकाशित

काठमाडौं, ३० साउन । भट्टराई सरकारविरुद्ध युवा संघले सुरु गरेको सडक आन्दोलनले विस्तारै आकार लिन थालेको अनुभूति गरिएको छ । अन्य राजनीतिक दलका विद्यार्थी तथा भातृ संगठनहरु पनि सडक आन्दोलनमा संयुक्त रुपमा सरिक हुन थालेका छन् । यसै क्रममा सरकार ढाल्न आन्दोलन घोषणा गरेका १७ युवा विद्यार्थी संगठनले देशव्यापी रुपमा नमुना मतदान आयोजना गर्ने भएका छन्।
सरकारप्रति जनताको धारणा बुझ्ने उद्देश्यले मुलुकका १ सय १७ स्थानमा निर्वाचन केन्द्र बनाएर गरिने मतदानबाट प्राप्त परिणाम प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री बाबुराम भट्टराईलाई पठाइने बताइएको छ।
भोली बिहिबार अर्थात् साउन ३२ गते गरिने नमुना मतदानको मतपत्रमा दुई प्रश्न समावेश गरिने छन्। नमुना मतदानमा भाग लिनेले २ मध्ये एकमा मतदान गर्न पाउनेछन्- राष्ट्रिय सहमतिको आधारमा सहमतीय सरकार वा जनघाति राष्ट्रघाती बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार ? भदौ १ गते मतपरिणाम आएपछि ३ गते बालुवाटारस्थित प्रधानमन्त्रीको निवास घेर्ने कार्यक्रम युवा- विद्यार्थीले सार्वजनिक गरेका छन्। यस्तो मतदान कार्यक्रमलाई आन्दोलनको एउटा महत्वपूर्ण हिस्साकै रुपमा लिइएको एक विद्यार्थी नेताले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या