चीनको चांसो पनि ‘विप्पा’माथि नै

३० श्रावण २०६९, मंगलवार ०६:५६ मा प्रकाशित

काठमाडौं, ३० साउन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र चीनबीच यातायात, सञ्चार, रेल, हवाईमार्ग विस्तार गर्ने कुरामा विशेष जोड दिनुपर्ने बताएका छन् । चिनीयां उपविदेशमन्त्री फु यिङसंगको भेटवार्तामा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सोमबार भएको भेटवार्तामा प्रधानमन्त्री भट्टराईले नेपाल बहुलध्रुवीय विश्वको पक्षधर रहेकोले भारत र चीन दुवै छिमेकीसंग सन्तुलित सम्बन्ध राख्ने धारणा अघिसारेका थिए ।
भेटका अवसरमा चीनका तर्फबाट भने नेपालमा लगानीका नयां सम्भावना पहिल्याउन र चिनीयां लगानी विस्तार गर्न छिट्टै लगानी प्रवद्र्धन तथा संरक्षण विप्पाको मस्यौदालाई अन्तिम रुप दिन आग्रह गरिएको छ । चिनीयां उपविदेशमन्त्री फू यिङले परराष्ट्रसचिवस्तरीय परमर्श संयन्त्र बैठकमा विप्पाबारेको चिनीयां चासो अगाडि बढाएकी हुन् । गत पुस मसान्तमा भएको चिनीयां प्रधानमन्त्री वेन जिया बाओको एकदिने नेपाल भ्रमणका क्रममै प्रारम्भिक हस्ताक्षर गर्ने भनिएको नेपाल–चीन विप्पा सम्झौताको मस्यौदामा द्विपक्षीय सहमति जुट्न नसकी अड्किरहेको छ । चीनले पठाएको विप्पासम्बन्धी प्रस्तावनामा जुनसुकै प्रकारका बन्द–हडतालमा पनि क्षतिपूर्ति दिनुपर्ने बुंदासहितको सामाजिक दंगाको विषय पनि समेटिएको छ । यो विवादास्पद बुंदा भारतसंग भएको विप्पा सम्झौतामा भने आपसी सहमति गरी हटाइएको थियो ।
‘लगानी संरक्षण र प्रवद्र्धनका विषयमा उठाइएको चासोमा हामी गम्भीर रहने छौं’, सचिव दुर्गाप्रसाद भट्टराईले भने । चिनीयां प्रधानमन्त्री बाओले भ्रमणमा काठमाडौं चक्रपथको स्तर सुधार तथा तातोपानी सुख्खा बन्दरगाहको स्तर वृद्धिमा चिनीयां सहयोग रहने भनिएकोमा यसको विस्तृत कार्यरुप र अवधारणा आउन नसकेकोमा उपविदेशमन्त्री यिङले जिज्ञासा राखेकी छिन् । विगतमा भएको समझदारीका आधारमा माथिल्लो त्रिशुली जलविद्यूत र पोखरा विमानस्थल निर्माणमा तदारुकता देखाउन उनले आग्रह गरिन् । यिङले प्रधानमन्त्री बाबुराम भट्टराई तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंगको छुट्टाछुट्टै भेटमा समेत विप्पा सम्झौताको अवस्थाबारे जिज्ञासा राखेकी थिइन् । गत जनवरीमा भएको प्रधानमन्त्री बाओको भ्रमणका बेला भएका सहमति कार्यान्वयनको स्थिति र ती बुंदाहरुलाई अध्यावधिक गर्न आफू नेपाल आएको यिङले प्रधानमन्त्रीसंगको भेटपछि सञ्चारकर्मीहरुसंग जनाइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार