नेपाल संघीयतामा जाने कुनै सम्भावना नरहेको देउवाको दावी

२ चैत्र २०६८, बिहीबार ०७:५७ मा प्रकाशित

काठमाडौ, २ चैत । नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले नेपाल संघीयतामा जाने सम्भावना नै नभएको ठोकुवा गरेका छन ।
जेठ १४ गतेभित्रै शान्ति र लोकतान्त्रिक संविधान निर्माण कार्य पुरा गर्न दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अन्र्तगत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको कुराकानीमा देउवाले संघीयताको हिमायति एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै संघीयता नचाहेकोले मुलुक संघीयतामा जानै नसक्ने ठोकुवा गरे ।
उनले भने–माओवादी अध्यक्ष प्रचण्डले नै अखण्ड चितवन टुक्रिदैन भनेपछि कसरी मुलुक संघीयतामा जान्छ ? माओवादीकै अन्य नेताहरुले स्याङ्जा, पाल्पा , नवलपरासी, अखण्ड सुदुर पश्चिम र अखण्ड कर्णााली लगायतका जिल्लाहरु संघीयता जानबाट अबरोध सिर्जना गरिरहेका छन् ।
मुलुक जातीय संघीयतामा जानै नसक्ने भन्दै देउवाले संघीयताको विषयमा प्रधानमन्त्री डा बाबुराम भट्टराई र प्रचण्डले धारणा खुलस्त पार्नु पर्ने बताए ।
राज्यपुर्नसंरचना आयोगले संघियताको विषयमा नेपाली जनतालाई लादन खोजको आरोप लगाउँदै चितवनलाई टुक्राएर चौतारा राजधानी बनाएर कसरी त्यस क्षेत्रको विकास गर्न सक्छन भनेर प्रश्न समेत गरे ।
७५ बटै जिल्लालाई संघ बनाउनु पर्ने भन्ने आफ्नो धारणाको बचाउ गर्दै बरिष्ठ नेता देउवाले भने–नेपाल भन्दा सानो मुलुक स्विजरल्याण्डमा ३७ वटा प्रान्त हुन सक्छ भने नेपालमा किन ७५ वटा प्रान्त हुन सक्दैन ?
जेठ १४ मा संविधान जारी हुन नसके संविधान सभाको म्याद फेरि थप्ने अवस्था नभएको भन्दै देउवाले ताजा जनादेशमा जानु पर्ने बताए । उनले भने–दुई वर्षमा गर्छौ भनेर आएका हामिहरुलाई फेरि अब म्याद थप गर्न लाज हुन्छ । सर्वोच्च अदालतले नै म्याद थप्न नमानेकोले अब नयाँ चुनावमा जानुको विकल्प छैन ।
माओवादीले सरकारबाट फिर्ता नबोलाएसम्म र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले समर्थन फिर्ता नलिएसम्म अहिलेको सरकार ढल्नै नसक्ने स्पष्ट पार्दै त्यसै सरकार ढाल्ने खेल निरर्थक हुने बताए ।
संघीयता र धर्म निरपेक्षताबाहेक अहिलेसबै कुरा २०४७ सालको संविधान अनुसार नै मुलुक चलिरहेको भन्दै संघीयता र धर्मनिरपेक्षतालाई मिलाएर ४७ सालकै संविधान जारी गर्दा पनि परक नपर्ने देउवाको तर्क थियो ।
बरिष्ठ नेता देउवाले माओवादीकै लडाकुलेले पार्टीले भ्रष्टाचार गरेको आरोप लगाईसकेपछि अरुले माआवादीलाई भ्रष्ट भनि रहन नपर्ने तर्क गरे ।
आफू पार्टी एकताको पक्षमा रहेकोले पार्टी भित्रको कुरा गरेर फेरि विवाद उत्पन्न गर्न नचाहेको दावी गर्दै देउवाले भातृ संगठन विघठन नगरेको भए पार्टी भित्र कुनै पनि विवाद नभएको बताए । उनले स्वर्गिय सभापति गिरिजा प्रसाद कोइरालासँग भएको सहमतिकै आधारमा पार्टी अगाडि बढ्ने विश्वास समेत ब्यक्त गर्दै पार्टी भित्रका सबै विवाद अन्त्य हुने विश्वास समेत ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी