संघीयता पक्षधरहरुको मोर्चा भोली घोषणा गरिने

३० श्रावण २०६९, मंगलवार ०६:४८ मा प्रकाशित

काठमाडौं, ३० साउन । नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरुको विरोधका बावजुद एकीकृत नेकपा माओवादीसहित सत्तापक्षीय दलहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन निर्माण प्रक्रिया अन्तिम चरणमा पुर्याएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सांझ बसेको २१ दलको मोर्चाले भोली बुधबार मोर्चाको औपचारिक घोषणा गर्ने निर्णय गरेका हो । मोर्चाको नीति तथा कार्यक्रममा सामान्य सुधार गर्नुपर्ने देखिएकाले हिजै घोषणा हुने भनिए पनि मोर्चा गठन २ दिन पछिसरेको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी मोर्चा घोषणा गरिने तयारी गरिएको बताइएको छ ।
संघीयताको पक्ष र विपक्षमा मुलुक ध्रुवीकृत भइरहेका बेला अग्रगमन र संघीयताको पक्षधरहरु शक्तिहरु बलियो बन्ने उद्देश्यले मोर्चा गठन गर्नुपरेको संचारमन्त्री तथा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक सभापति राजकिशोर यादवको कथन छ । राष्ट्रिय निकासका लागि परिवर्तनशील शक्तिहरु एक ठाउंमा आएको जनाउंदै उनले मोर्चाको नीति तथा कार्यक्रम र मातहतका विभिन्न कमिटीहरुसमेत बुधबार नै सार्वजनिक गरिने दाबी गरे । मोर्चालाई जातीय पहिचानससहितको संघीयतको पक्षमा वकालत गर्न संविधानसभाको निर्वाचनसम्म नै लैजाने सो समूहको उद्देश्य रहेको सम्वद्ध एक नेताले जानकारी दिएका छन् । मोर्चाले आफ्नो पक्षमा माहोल बनाउन जनपरिचालन लगायतका कार्यक्रम समेत गरिने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार