राप्रपा नेपालको जोड चुनावमै

२९ श्रावण २०६९, सोमबार २२:५५ मा प्रकाशित

हेटौँडा, २९ साउन । बाह्य शक्तिको बढ्दो चलखेलबाट निर्देशित हुँदा संसदीय गणतन्त्र अहिले धरापमा परेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। राप्रपा नेपाल हेटौँडा नगरसमितिद्वारा सोमबार आयोजित अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले सत्तारुढ तथा प्रतिपक्षी दलहरुलाई संविधान निर्माणका लागि चुनावी माहोल तयार गर्न आग्रह गरे ।
हेटौँडा नगरपालिकाको पूर्वप्रमुख मधुकर अधिकारी राप्रपा नेपालमा प्रवेश गरेकोमा स्वागत गर्दै थापाले संविधानसभाको निर्वाचनबाट नयाँ संविधान मस्यौदाको प्रारुप तयार पार्ने क्रममा छ बुँदे अवधारणापत्रसहित राप्रपा नेपालले सत्तारुढ दल एवम् संसदभित्र रहेका सबै राजनीतिक दलसँग एक हप्ताभित्र परामर्श गर्ने जानकारी पनि दिएका थिए ।
राप्रपा नेपाल हेटौँडा नगरसमितिका अध्यक्ष गुरुप्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष राजीव पराजुली, महामन्त्री चन्द्रबहादुर गुरुङ, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज विष्ट एवम् हेटौँडा नगरपालिकाका पूर्वप्रमुख मधुकर अधिकारी र पार्टी नेता भीमबहादुर मोक्तानले राजनीतिक निकासका लागि सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिएको राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक