कांग्रेसमा फेरि सुरु भयो किचलो

२९ श्रावण २०६९, सोमबार २२:४२ मा प्रकाशित

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा देखापरेको छ । पार्टी एकीकरण भएदेखि नै फुटेको हांडी जबर्जस्ती जोडिएको भन्ने व्याख्या गरिएको कांग्रेसमा एकपछि अर्को कलहको बिउ रोपिँदै आएको थियो, जसको पछिल्लो एक कडी बन्न पुग्यो विभिन्न विभागहरुको गठन ।
विभाग गठनका विषयमा असन्तुष्टि जनाउँदै आएको देउवा समूहले अन्ततः सवै विभागबाट राजीनामा दिने भएको छ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेबाट कांग्रेसको आन्तरिक राजनीति निकै उत्कर्षमा पुगेको छ ।

केही साताअघि कांग्रेसका विभिन्न ४२ वटा केन्द्रीय विभागमध्य देउवा समूहलाई १३ संयोजकको जिम्मा दिएपछि असन्तुष्टि भएको थियो । विधानमा ३० वटामात्र विभाग गठन गर्ने उल्लेख भए पनि सभापति सुशील कोइरालाले १२ थप गरी ४२ वटा विभाग गठन गरेका थिए । देउवा समूहका दुई अञ्चल संयोजक एनपी साउद र ज्ञानेन्द्रबहादुर कार्कीले सुरुमै जिम्मेवारी अस्वीकार गरेर अन्यलाई संस्थापन पक्षको विरोधमा उत्रन उक्साएका थिए । आज वरिष्ठ नेता शेरबहादुर देउवाको निवासमा भएको असन्तुष्टहरुको भेलाको बिजारोपण त्यतिबेलै भएको अनुमान गरिएको थियो, जो सत्य सावित हुंदैछ ।
असन्तुष्टहरुको कदमबाट अब हुने केन्द्रीय समितिको बैठक नै प्रभावित हुन सक्ने विश्लेषकहरुले अनुमान गरेका छन् । संविधानसभा पुनर्स्थापना कि नयाँ जनादेश भन्नेलगायतका मुद्दामा ठोस निर्णय लिने प्रयोजनका निम्ति कांग्रेसले बिहिबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

रुपन्देही । नेपाली कांग्रेसका नेता पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीमा छ स्थानीय तहमध्ये अधिवेशन भएका पाँचवटै पालिकामा देउवा