साउदीका राजकुमार महाप्रज्ज्वल राष्ट्रद्वीपबाट सम्मानित

२९ श्रावण २०६९, सोमबार १८:३२ मा प्रकाशित

काठमाडौं, २९ साउन । साउदी अरबका राजकुमार अलवालेड बीन नेपालको महाउज्जवल राष्ट्रिय मानपदवीबाट सम्माति भएका छन् । उनलाई एक वर्ष नौ महिनाअघि नै उक्त पदवीबाट सम्मानित गरिने निर्णय भएको थियो । साउदीको रियादमा गत शनिबार आयोजित एक विशेष कार्यक्रमबीच नेपाली राजदूत उदयराज पाण्डेले राजकुमार बीनलाई सो मानपदवी हस्तान्तरण गरेका हुन् । यो मानपदवी गणतन्त्र घोषणापछि दिइएको सबैभन्दा ठूलो यो सम्मान पाउने साउदी राजकुमार पहिलो बिदेशी हुन् ।

झण्डै २० तोला चाँदीमा ११ तोला छापावाल सून जोडेर बनाइएको तक्मा साउदी राजकुमारलाई दिइएको हो । २०६७ कात्तिक २६ गते राजकुमार बीन नेपाल भ्रमणमा आएको बेला तत्कालिन सरकारले मानपदवी दिने घोषणा गरेको थियो । मानपदवी ग्रहण गर्न साउदी राजकुमार फेरि नेपाल आउने र राष्ट्रपतिले हस्तान्तरण गर्ने भनिएपनि राजकुमारको नेपाल भ्रमण अनुकूल नभएपछि साउदीमै राजदूतबाट हस्तान्तरण गरिएको बुझिएको छ ।
साउदी अरबले नेपालमा विकास निर्माणमा पुर्याएको योगदानको कदर गर्दै तत्कालिन सरकारले मानपदवी दिने निर्णय गरेको थियो । विश्वका १९ औं धनी राजकुमार बीनलाई नेपालमा लगानीका लागि आकषिर्त गर्न यो विभूषणबाट सम्मान गरिएको हो । महाप्रज्ज्वल राष्ट्रद्वीप नेपालको यश, श्रीवृद्धि, हित तथा उत्थानका लागि आआफ्नो क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण योगदान पुर्याउने नेपाली तथा विदेशी नागरिकलाई प्रदान गरिने राष्ट्रद्वीप मानपदवीको प्रथम श्रेणीको विभूषण हो । साउदी राजकुमारले नेपाल सरकारले आफूलाई दिएको उक्त सम्मानका लागि नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गरेको राजदूत उदयराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस